2024-04-26

Close

जनकपुरधाम : जनता समाजवादी पार्टीले सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने र विभिन्न प्रकारका विरोध कार्यक्रम गर्ने जनाएको छ ।
पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादबले संयुक्त रुपमा विज्ञप्ती जारी गरेर असोज ३ गते विभिन्न प्रकारका विरोध कार्यक्रम गर्ने जानकारी दिएका हुन् । संविधानमा संघीयता समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशिकरण लगायतका प्रावधानहरु प्नि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा विभेदकारी प्रावधानहरु राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने विज्ञप्तीमा उल्लेख छ ।

संविधानमा रहेको विभेदकारी एवम् त्रुटिपुर्ण प्रावधानहरु परिवर्तनका लागि असोज ३ गते विभिन्न प्रकारका विरोध कार्यक्रम गरी संविधान संशोधनद्वारा सच्याउनका लागि देशका विभिन्न प्रमुख स्थानहरुमा शान्तिपुर्ण विरोध कार्यक्रमहरु आयोजना गर्न आम जनसमुदाय र पार्टी संगठनहरुलाई आह्वान गरेको छ ।

२०७२ असोज ३ मा संविधान जारी भएको थियो । उक्त दिन मधेसी दलहरुले संविधानमा मधेसको मुद्दा सम्बोधन नभएको भन्दै कालो दिन मनाए । त्यसपछि निरन्तर असोज ३ लाई मधेसी जनता कालो दिनको रुपमा मनाउँछन् । तर गत वर्ष सरकारमा भएका कारण उपेन्द्र यादब नेतृत्वको पार्टीले असोज ३ मा संविधान विरुद्ध कुनै कार्यक्रम गरेका थिएन ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds