विपिन कुमार यादव,असोज १८ जनकपुरधाम । कतिपय जिल्लाहरुमा कोरोनाको संक्रमण बढिरहेको बेलामा धनुषा जिल्लामा रहेका सरकारी कार्यालयहरुमा सेवाग्राहीको भिड अत्यधिक मात्रामा देखिन थालेको छ ।
खास गरेर कोरोनाको नियन्त्रण तथा रोकथामका लागि समन्वय एवं सहकार्य गर्दै आएका जिल्ला प्रशासन कार्यालय धनुषामा नै सेवाग्राहीको अत्यधिक भिड देखिएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत एव सूचना अधिकारी गणेशचन्द्र मिश्रले एक जना शाखा अधिकृत नआएका कारणले भिड देखिएको बताउनु भयो ।
कार्यालयमा कोरोनाबाट जोगिनका लागि कुनै प्रकारको सुरक्षा सावधानी अपनाउने काम भएको छैन । सामान्य अवस्था जस्तो भिड कार्यालयमा देखिएको थियो । ६ महिनापछि कार्यालयले सेवा दिईरहेका कारणले भिड बढेको कार्यालयका नायव सुब्वा सुनिल झाले जानकारी दिनुभयो ।
यसैगरी, जिल्ला मालपोत तथा नापी कार्यालयमा पनि सेवाग्राहीको अत्यधिक भिड देखिएको छ । कार्यालयमा कोरोनाबाट जोगिनका लागि कुनै प्रकारका सुरक्षा सावधानी अपनाएको देखिएको छैन ।
कतिपय सेवाग्राहीहरु मास्क पनि लगाएका थिएन । यस कारणले सेवा प्रदान गर्ने कर्मचारी तथा सेवा लिन आउने सेवाग्राही कोरोना संक्रमणको उच्च जोखिममा रहेका छन् ।
यसैगरी, यातायात कार्यालय तथा श्रम तथा रोजगार कार्यालयमा पनि सेवाग्राहीको अत्यधिक भिड अत्यधिक मात्रामा देखिएको छ ।
प्रदेश नंं २ का राजधानी समेत रहेका जनकपरधाममा रहेका जिल्ला तथा प्रदेश स्तरीय कार्यालयहरुमा देखिएको सेवाग्राहीको घुइँचो कोरोना जोखिमका दृष्टिकोणले निक्कै चिन्ताको विषय रहेको स्वास्थ्यकर्मीहरुले जानकारी दिनुभएको छ ।