2024-04-27

Close

जनकपुरधाम । भारतबाट भन्सार छली गरी नेपाल ल्याइ राखेको साढे ७ लाख भन्दा बढीको कपडा बरामद गरेको छ ।

मंगलबार राति धनुषाको विदेह नगरपालिका वडा नं. १ मैनाथपुर स्थित राम सतिश चौधरीको घरमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको लत्ताकपडा तथा हाडवयरको सामानहरू नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

चौधरीको घरमा भन्सार छली गरेर ल्याएको सामानहरु स्टोर गरी राखेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले घरभित्र तलासी गर्दा पलास्टिक र जुटको बोरा भित्र ९२ पिस कुर्ता सुरूवाल सुट, ९९ थान साडी, ४२ थान पाईन्टको कपडा, २२४ पिस रेडिमेट सर्ट पाईन्ट, ३८४ पिस सुतीको साडी, १४ थान सर्टको कपडा, बल्ब सेट २९७ पिस, फलाममा प्वाल पार्ने मेसिन एउटा, मोबाईल चार्जर सेट ५०० पिस, चिम फिट गर्ने मेसिन १ थान बरामद गरिएको जिथल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बरामद गरिएको सामान ७ लाख ५५ हजार ९५५ मुल्य बराबरको रहेको प्रवक्ता बस्नेतले जानकारी दिएका हुन् ।

नियन्त्रणमा लिइएका सामग्रीहरु कार्वाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाईएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds