2024-05-07

Close

जनकपुरधाम । मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले मधेश समृद्ध बनाउनको लागि मधेश विश्वविद्यालय सार्थक सावित गर्ने विश्वास लिएको छ्न ।

मंगलवार विरगंजस्थित रहेको मधेश विश्वविद्यालयको स्थलगत अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री यादवले मधेश विश्वविद्यालय सञ्चालनमा आएसँगै पर्सा जिल्लाको मात्रै नभएर मधेश प्रदेशले नै विकासमा फड्को मार्ने दाबी गरे ।

वीरगञ्जस्थित मधेश विश्वविद्यालयमा अवलोकनपश्चात मन्त्री यादवसहितको टोलीले पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ स्थित जग्गाको पनि निरीक्षण गरेको छ ।

स्थानीयले मधेश विश्वविद्यालयका लागि उपलब्ध गराएको ३५ विघा जग्गाको निरीक्षण गर्दै विश्वविद्यालयका सहकुलपतिसमेत रहेका यादवले जग्गा विश्वविद्यालयका लागि कुनै पनि अवरोध नगरी जग्गा उपलब्ध गराएकोमा त्याहाँका स्थानीयप्रति आभार व्यक्त गरे । उनले भने, ‘हाम्रो मधेशमा विकासका कार्यमा एक बित्ता जग्गा पनि मिचिदा विरोध हुने गरेको अवस्थामा मधेश विश्वविद्यालयका लागि उपलब्ध गराउनुभएको यति धेरै जग्गा तपाईहरुले त्याग गर्नुभयो । यो सानो त्याग हैन । त्यसको लागि तपाईहरु उदाहरण बन्नुभएको छ ।’

मधेश विश्वविद्यालयसँग त्यस भेगका स्थानीयको खुशी र यस क्षेत्रका बालबालिका र युवाहरुको भविष्य जोडिएको बताउँदै उनले तिव्रताका साथ काम अघि बढाउनुपर्नेमा जोड दिए । आफ्नो मन्त्रालयको तर्फबाट हुने हर सहयोगका लागि तयार रहेको बताउँदै उनले शिक्षाको विकासले नै समृद्धी हाँसिल गर्न सकिने तर्क गरे । ‘

कार्यक्रममा मधेश प्रदेशका प्रदेश सभा सदस्य एवम् अर्थ तथा योजना समितिका सभापति शतिस सिंहले विश्वविद्यालयको अहिलेसम्मको प्रगति सन्तोजनक रहेको बताउँदै यसलाई तिव्र गतिमा अघि बढाउनुपर्ने बताए । शैक्षिक दृष्टिकोणमा पछि परेको मधेश प्रदेशको साक्षरता दर बढाउनका लागि पनि यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै सिंहले प्राविधिक विषयहरु पनि सञ्चालन गर्नुपर्ने (HY) आवश्यक्ता औँल्याए ।

मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्यले विश्वविद्यालयको अहिलेसम्मको प्रगतिका बारेमा मन्त्री यादव लगायतको टोलीलाई अवगत गराएका थिए । यही शैक्षिक सत्रदेखि कानुन र जनप्रशासन गरी दुई वटा संकाय सञ्चालन गर्नका लागि भर्नासमेत आह्वान भइसकेको शाक्यले बताए । वीरगञ्जमा अहिले कक्षा कोठा लगायतको सञ्चालनका लागि आवश्यक तयारी भइरहेको बताउँदै उनले छिटै बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने काम सम्पन्न हुने जानकारी गराए । बहुदरमाईको जग्गामा बनाइने संरचनाको लागि डिपिआर बन्ने क्रममा रहेको पनि उनले बताए ।

सो अवसरमा त्यस क्षेत्रका स्थानीयले पनि विश्वविद्यालय निर्माणका लागि उत्साहित रहेको प्रतिक्रिया दिएका छन् । मधेश विश्वविद्यालय निर्माण भएमा गाउँको कायापलट हुने र रोजगारीको सृजना हुनुका साथै अध्ययनका लागि बाहिरिने रकम पनि आफ्नै ठाउँमा खर्च हुने भन्दै स्थानीयले खुशी व्यक्त गरेका छन् ।

सोही अवसरमा जनमत पार्टी पर्साका संयोजक ओमप्रकाश सर्राफ, जनमत पार्टीकी नेतृ करिमा बेगम, स्थानीय, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायतको उपस्थिती रहेको मधेश विश्वविद्यालयका रजिष्टार विजय प्रसाद यादवले जानकारी दिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds