प्रमुख समाचार
विपिन कुमार यादव
जनकपुरधाम,११ पुस।प्रतिनिधि सभा विघटनको विरोधमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको धनुषाको शहिदनगर नगरपालिकामा मशाल जुलुससहित प्रदर्शन गरेको छ।
जनता समाजवादी पार्टीको पूर्वनिर्धारित कार्यक्रम अनुसार नगरका नेता कार्यकर्ताहरूले आज मशाल जुलुस प्रदर्शन गरेका हुन।
शहिदनगर वडा नं.९ को गोठकोयलपुर वल्र्ड पिसको एकेडेमीको नजिकैमा निकालिएको मशाल जुलुसमा नेताकार्यकर्ताहरुले रास्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपि ओलि शर्मा विरुद्ध चर्को नाराबाजी गर्दै डुमरियाचौकमा परिक्रमा गर्दै सहिद सुर्यनाथ रान स्मारक चौकमा सम्पन्न गरे।
कडा सुरक्षाकाबीच प्रहरीलाई चुनौती दिँदै जसपाका नेता कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन्।
संसद विघटन गरी प्रधानमन्त्री ओलीले गैरसंवैधानिक कदम चालेको भन्दै जसपाका नेता कार्यकर्ताहरूले प्रधानमन्त्रीको निरकुंश प्रवृत्तिविरूद्ध सबै लोकतान्त्रिक शक्तिहरू एकजुट भएर प्रतिवाद गर्नुपर्ने आवश्यकता रहेको बताए।
सो मशाल जुलुसमा जसपाका युवा नेता विनोद रोहिता,युवा नगर उपाध्यक्ष निशान्त मरिक,चर्चित नेता राम अशिष रोहिता,शौखी लाल मुखिया , जोगिन्द्र दास,राम जीवन यादव,मो.अलि हुसेन ,रुपेश गोहिवार,उमेश यादव ,काली मरिक लगाईत जसपाका नेता कार्यकर्ताहरुको सहभागीता रहेका थिए।
जसपाले भोली १२ गते सबै जिल्लामा बृहत् प्रदर्शन गर्ने कार्यक्रम छ।