धनुषाको विदेह न.पा.मेयर दास द्वारा महादेब बाबा झुलुङे पुल उद्घाटन !

विपिन कुमार यादव/ जनकपुरधाम १२ माघ । धनुषाको बिदेह नगरपालिका वडा नम्बर ३ गोबराही स्थित बिमला बेलौती खोलामा झुलुङे पुल निर्माण कार्य सप्पन्न भए पछि उदघाटन कार्य सम्पन्न गरिएको छ । २०७७ असार १४ गते उक्त आयोजना शुरु भएको थिए । “महादेब बाबा झुलुङे पुल” निर्माण उ. स. को अध्यक्ष बृजमोहन मन्डलको अनुसार रु ४० लाख लागतको रकममा पुल निर्माण भएको छ ।
विगत लामो समयदेखि उक्त खोलामा झुलुङे पुलको आवश्यकता रहेको थिए। स्थानीयहरुको चाहना अनुसार
विदेह नगरपालिकाका मेयर बेचन दासको पहलमा बिमला खोलामा झुलुङे पुल निर्माण हुने भएको छ । यो खोलामा झुलुङे पुल बनिसकेमा स्थानीय बासिन्दाहरु निकै खुःशी भएका छन् ।

सो पुललाई विधिवत एक कार्यक्रम बीच आज सोमबार नगर प्रमुख बेचन दास, प्रशासकीय अधिकृत सन्जिब कुमार साह, वडा अध्यक्ष जुमराती नदाफ, बिलटु राय, रामबृक्ष ठाकुर लगायतका सर्ब सधारणहरुको सामुहिक हात बाट उदघाटन गरियो । साथै मेयर दासले गोबराहीको मन्दिर पोखरी देखि बैदेही रेलवे स्टेशन पुग्ने गरि लगभग २.५ किलोमिटर नयाँ बाटो निर्माणका लागि प्रतिबद्धता जहेर गर्नु भएको छ ।

बिज्ञापन