2024-03-19

Close

विपिन कुमार यादव,जनकपुरधाम, बैशाख १ : जनता समाजवादी पार्टी (जसपा) नेपालको भातृ संगठन समाजवादी युवा संघ शहिदनगर नगरपालिका द्वारा यदुकूहामा नयाँ वर्ष २०७८, हिन्दुहरुको चाड जुड शितल र सिरुवा पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा जसपा निकटका नेताहरुले आ-आफ्नो मन्तव्य राखेर शुभकामना आदानप्रदान गरेका हुन ।

शहिदनगर युवा संघ द्वारा शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा नगर युवा संघ कार्यालय शहिदनगर यदुकूहाको भठ्ठीचौकमा नियमित खोलेर विधिवत आज देखी सुचारु गरिएका छन् ।


शहिदनगर युवा संघ नगर अध्यक्ष रामचन्द्र चौरवारको अध्यक्षता र प्रमुख अतिथि धनुषा निर्वाचन क्षेत्र नं.२ का संघीय सांसद एवं जसपाका केन्द्रीय सदस्य र प्रमुख सचेतक उमाशंकर अरगरिया अतिथि जसपा केन्द्रीय सदस्य सत्यनारायण साह, विद्यार्थी केन्द्रीय महासचिव वरुण यादव ,जिल्ला नेता विनोद रोहिता,राम कुमार यादव,जसपा ( राजपा ) नगर अध्यक्ष राम बाबु मण्डल , नगर सचिव रामबृक्ष् दास , वडा अध्यक्ष नागेन्द्र मण्डल , युवा संघ नगर उपाध्यक्ष निशान्त मरिक,कोषाध्यक्ष राकेश चन्द्र मण्डल , पार्टी वडा अध्यक्ष सुशील साह लगायतका नेताकार्यकर्ताहरुले नयाँ वर्षको पहिलो बिहानीमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा तत्कालिन राजपा र जसपाका नगर,क्षेत्रीय र जिल्लाका नेताहरुका उपस्थितिमा कार्यक्रम सम्पन्न भएका छन् ।

प्रमुख अतिथि सांसद अरगरियाले जसपाले हलो अडकाएको हो भने कांग्रेस नेतृत्व गरेर अगाडि बढन कस्ले रोेकेको छ ? तर्क गरेका छन् । जसपाको मांगहरु सम्बोधन गर्ने शक्तिहरुसंग अव नगदमा मात्र सम्झौता हुने उनको दावी छ । जसपाको पहिलो बटमलाईन मांग र मुद्दा नगदमा सम्बोधन हुनुपर्ने बताए ।

कार्यक्रमको आयोजक युवा संघ शहिदनगर नगर अध्यक्ष रामचन्द्र चौरवारले कार्यक्रममा सवैलाई बोलाएको दावी गर्दै नआउनेलाई समेत धन्यवाद तथा शुभकामना व्यक्त गरेका छन् । कार्यक्रम संचालक राजेश ठाकुरले गरेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds