2024-05-01

Close

जनकपुरधाम, जस्तो सुकै विपत्तमा पनि मान्छेको एक मात्र सहारा ‘भगवान’ हुन्छन्। ‘भगवानको घर कसैका लागि पनि बन्द हुदैंन्’ भन्ने मान्यता हाम्रो हिन्दुधर्मावलम्बीहरु माझ छ। तर कोभिड-१९ को प्रकोप यस्तो भयावह भयो जसले भगवानको घरमा समेत ढोका थुनायो।

पछिल्लो दुई दिनदेखि जनकपुरको जानकी मन्दिरका प्रवेश द्धारहरु थुनिएका छन्। लकडाउनले पूरै सहर बन्द भए पनि आस्था र धर्ममाथि विश्वास राख्नेहरु मन्दिर जान छुटाएका थिएनन्। यस्तोमा कोरोना भाइरस सर्ने डरले मन्दिरको मूल ढोकाहरु बन्द गर्न बाध्य भएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास बताउँछन्।

बन्द हड्ताल हुँदा पनि मन्दिर आउन कसैलाई रोकछेक भएन्,’ दासले भने ‘कोरोना सर्ने डरले प्रसाद वितरणमा समेत रोक लगाएका छौं र मन्दिरनै बन्द गर्नुपर्ने बाध्यता भएको छ।’

हुनत मन्दिरको गर्भगृह भने खुल्लै छ। जहाँ नियमित रुपमा भगवानको पूजाअर्चना हुन्छ तर, सर्वसाधारणले दर्शन र पूजापाठ गर्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ।

मन्दिरमा प्रतिदिन गरीब र साधुसन्तहरुको लागि निःशुल्क भोजन खुवाउने गरिन्थ्यो। तर, कोरोनाको जोखिमलाई हेर्दै यी सबै कार्यक्रमहरु बन्द भएको छ। जानकी मन्दिर जस्तै यहाँको प्रसिद्ध राममन्दिरमा पनि ढोका बन्द गरिएको छ। ‘यो महामारीका बेला मन्दिर आउनु साटो घरमै बसेर भगवानको नाम जप्नुस्,’ मन्दिरका महन्थ राम गिरीसबैलाई आग्रह गर्छन्। ‘भगवान सबैको मनमा बास गर्छन् उनलाई भेट्न मन्दिरनै धाउनु पर्छ भन्ने छैन्।’

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds