जनकपुरधाम । धनुषा सशस्त्र प्रहरीले ४६ वटा कुखुरा (मुर्गा) समातेर नष्ट गरेको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी महिनाथपुर) ले बेच्नको लागि लैजाँदै गरेको ४६ वटा कुखुरा समातेर नष्ट गरेपछि तस्विर सार्वजनिक गरेको हो ।
भारतबाट भन्सार छली गरी विदेह नगरपालिकाको ठाढी तर्फ लैजाँदै गरेको अवस्थामा कुखुरा पक्राउ गरेको हो । प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी महिनाथपुर) सशस्त्र प्रहरी महिनाथपुरले जनाएको छ ।
साईकलमा लैजाँदै गरेको अवस्थामा १ सय किलो कुखुरा प्रहरीलाई देख्नासाथ कुखुरा फालेर भागेको सशस्त्र प्रहरीले जनाएको छ । साईकलमा लादिएको सो कुखुरा साईकलबाट फालेर भागेको प्रहरीले उदृत गरेको छ ।
पक्राउ गरिएको कुखुरा स्थानीय जनप्रतिनीधि, पत्रकार, अधिकारकर्मी, स्थानीयहरुको रोहबरमा नष्ट गरिएको हो ।