2024-04-26

Close

जनकपुरधाम,११ असार । धनुषामा अंश विवादमा छोराले आफ्नै बुबाको हत्या गरेका छन् । धनुषाको धनुषाधाम नगरपालिका–१ काशिपुर बस्ने ७० वर्षीय विशो यादवको हत्या भएको हो ।

घरायसी विवादमा उनको कान्छो छोरा ३५ वर्षीय श्रीकृष्ण यादवले बुबाको हत्या गरेको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुरेश ठाकुरले अप्पन जनकपुरलाई जानकारी दिए ।

उनका अनुसार राति सुतेका बुबा विशोलाई कृष्णले मसला कुट्ने खलले प्रहार गरि हत्या गरेका हुन् । बिहान हत्या भएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय धनुषाधामले घटनास्थलको मुचुल्का गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ ।
घटनामा संलग्न छोरा कृष्णालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

बुबा विशो राति ११ बजे खाना खाएर सुतेका थिए । कान्छो छोरा कृष्णसंग विवाद हुने गरेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds