वीरगंज २७ गते आषाढ
सशस्त्र प्रहरीले प्रतिबन्धित लागूऔषध चरेश सहित भरियाहरुलाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म भन्सार वीरगंजले १५ किलो चरेश सहित दुईजनालाई पक्राउ गरेको हो।
सशस्त्र प्रहरीको सिमा सुरक्षा गुल्मा वीरगंजले
विशेष सूचनाको आधारमा भारतबाट नेपाल तर्फ आउदै गरेको BR22M४२०६ नम्बरको भारतीय प्लेटको मोटरसाइकलको ट्यान्की भित्र लुकाई छिपाई राखेको अवस्थामा ५०० ग्रामको ३० प्याकेट भित्र १५ किलो ग्राम चरेश पक्राउ गरेको सिमा सुरक्षा वीरगंज गुल्माका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक रामजङ्ग पाण्डेले जानकारी दिएका छन।
त्यसैगरि पकाउ पर्नेमा पटेर्वा सुगौली गपा वडा नम्बर ५ बस्ने बर्ष ५५ को सत्यनारायण माझी र सोही ठाँऊमा बर्ष ४० को प्रहलाद माझी सहित मोटरसाइकल बरामद गरि आवशयक कार्यबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक पाण्डेले बताए ।