2024-04-25

Close

जनकपुरधाम : पूर्व संस्कति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले भासिएको कमला पुल भासिएको विषयमा छानविन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

दुईदिन अगाडी कमला नदीमा आएको बाढीपछि भासिएको पुलको विषयमा विभिन्न टिकाटिप्पणी भइरहेका बेला पूर्वमन्त्री अरगरियाले यस्तो माग गरेका हुन् । ‘धनुषा–सिरहा जोड्ने कमला नदी पुल सञ्चालनमा नआउँदै भत्किनुमा निर्माण सामग्री कमसल अर्थात गुणस्तरहीन प्रयोग गरिएको स्पष्ट भएको छ’, उनले सामाजिक सञ्चालनमा लेखेका छन् ।

पुल गुणस्तर छानविन समिति गठन गरी पुल निर्माणमा संलग्न कार्यालय, ईन्जिनियर तथा ठेकेदारसहित दोषिमाथि कडा कारवाहीको हुनुपर्ने उनले माग गरेका छन् । साथै उक्त पुलको निर्माण काम अविलम्ब सुचारु गर्न पनि सम्बन्धित पक्षलाई आग्रह गरेका हुन् ।

असारको पहिलोसाता मन्त्री रहेकै बेला अरगरिया पुलको निरीक्षण गर्न पुगेका थिए । सोक्रममा ठेकेदार कम्पनीका इन्जिनियरले १५ दिनभित्र पुल सञ्चालनमा आइसक्ने दावी गरेका थिए । यसको निर्माणमा के–कस्तो त्रुटी भएको हो तुरुन्त छानबिन होस् र दोषी ठेकेदार, कर्मचारी तथा पर्दा पछाडीका नेताहरु समेतलाई कारबाही गरिनुपर्छ ।

तर पुल भासिएपछि पूर्वमन्त्री अरगरियाले १५ दिनमा पुल सञ्चालनमा आउने घोषणा गरेको भन्ने गलत अपवाह फैलाएर केहि संचारमाध्यम र केहि विरोधी व्यक्ति सामाजिक सञ्जालमा बदनाम गराउन खोजेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds