2024-05-17

Close

वीरगन्ज ११कात्तिक
बारामा व्यापक रुपमा संस्थागत तस्करी सुरु भएको छ ।बाराको बलिरामपुर नाकाबाट सशस्त्र प्रहरीकै मिलोमतोमा तस्करी फस्टाएको भिडियो रेकर्डिङ बाट प्रस्ट देखिन सकिन्छ।
बारामा विगत केही दिन देखि बन्द रहेको तस्करी पुन तस्करी सशस्त्र प्रहरी बल १२ नम्बर गण र नेपाल प्रहरीको मिलोमतोमा व्यापक रुपमा तस्करी शुरु भएको छ।
बाराको बलिरामपुर,मुशहार्वा,छतवा, बरैनिया नाकाबाट ठुलो मात्रामा लत्ताकपडा , हाडयेवर,, रजनिगंधा, धान, काजु,प्याज, पटका, जुत्ता चप्पल र भैसीको तस्करी व्यापक रुपमा भईरहेको एक भिडियो रेकर्डिङ बाट प्रष्ट भएको हो।
सशस्त्र प्रहरी पर्साका एसपी किशन कर्मचार्या र बाराका सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक टोप बहादुर डाङ्गी हुन्।जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवम प्रहरी उपरीक्षक सुरेश काफ्ले हुन भन्ने प्रहरी चौकी बलिरामपुरका प्रमुख एवम बरिस्ठ प्रहरी नायब निरीक्षक बसन्त थापा हुन।
जिल्ला प्रहरी कार्यालय बाराको भाग बरिस्ठ प्रहरी नायब निरीक्षक बसन्त थापा र प्रहरी हवल्दार अजय पटेलले बुझेको छन भन्ने सशस्त्र प्रहरी बल १३ नम्बर गणका एसपी डाङ्गिले तस्करहरु संग आफै लाखौ रुपैयाको नजराना बुझेका स्रोतको दाबी छ ।
यसरीनै बाराको बलिरामपुर नाकाबाट ठुलो मात्रामा भईरहेको तस्करीका सामानहरु लिएर आउदा सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म को केही एरियाहरु पर्ने गरेको छ।
बाराबाट भईरहेको तस्करी सघाउनको लागि सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंज भन्सारका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक देबिन्द्र सिंहले सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्यको भागको रकम उनी आफै लिई गणको जिम्मा लिएको स्रोतले जनाएको छ।
वीरगंजको विभिन्न ट्रानसपोर्टबाट सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंहले दर धाक देखाई महिनवारी बुझदै आएको नाम नछाप्रने सर्तमा एक ट्रानसपोर्टको साहुले बताएका छन।
बाराको बलिरामपुरबाट भईरहेको तस्करीबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीका डिआईजी र आईजिपीको नाऊमा समेत घुमुवाहरुले रकम असुल्दै आएको हो।
यी नाकाहरुबाट तस्करी बढ्दै गएपछि वीरगन्ज भन्सार कार्यालयको राजश्व असुली समेत प्रभावित हुँदै गएको छ । नेपाल भारतको प्रमुख प्रवेशद्वारको रुपमा रहेको पर्सा जिल्लाका ग्रामीण भेगबाट पर्सा प्रहरीले ठूलो मात्रामा तस्करीको लाईन संचालन गर्न तस्करहरुलाई छुट दिएपछि वीरगन्ज भन्सार कार्यालयको राजश्व असुली प्रभावित भएको हो।
सशस्त्र प्रहरीको मिलोमतोमा बारा र पर्साबाट ठूलो मात्रामा तस्करी सञ्चालनमा आउँदा आफ्ना व्यापार व्यवसाय प्रभावित भएको वीरगन्जका व्यापारीहरु बताउँछन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds