2024-04-25

Close

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनको औपचारिक घोषणा हुन बाँकी छ । उपेन्द्र यादवको संघीय समाजवादी फोरम फुट्न लाग्दा महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टीले एकता गरेर जोगाइदिएको थियो । एकतापछि बन्यो जसपा । पार्टीमा महन्थ ठाकुर र उपेन्द्र यादव बराबरी हैसियतमा रहे । तर सत्ताका लागि अनेक दाउपेच खेल्ने र इगो राख्ने उपेन्द्र यादवका कारण पार्टीमा गुट गत गतिविधि बढे । कतिसम्म भने उपेन्द्रले बहुमतको खेल सुरु गरे । जसले फुट्न लागेको पार्टी बचाइदिएका थिए उनैलाई बहुमत छ भनेर कारवाही गर्न खोजे । एक हिसाबले भन्ने हो भने बाबुराम भट्टराई र यादवहरुको जोडबलमा पार्टी नै कब्जा गर्न खोजे । तर सफल भएनन् ।

बहुमतका आधारमा पार्टी कब्जा गर्न असफल भएपछि उपेन्द्र पार्टी विभाजन गरेर भए पनि आफू नेतृत्वमा रहने रहर पलायो । र उनले निर्वाचन आयोगमा अलग हुने प्रस्ताव गरे । निर्वाचन आयोगले मिलाउन दुबै पक्षलाई बोलायो । तर उपेन्द्रले मिलाउने भन्दा विभाजन गर्ने उद्देश्यले शर्त राखे । शर्त पनि कस्तो भने पार्टी कब्जा गर्न गरिएको महन्थ ठाकुर, राजेन्द्र महतोमाथि कारवाही गर्ने, पार्टीबाट निष्काशन गर्ने निर्णय महन्थ समूहले मान्नुपर्ने रे ।

यसरी विवाद नमिलेपछि एउटा पक्षलाई आधिकारिकता दिन निर्वाचन आयोगले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा इजलास गठन गरेको छ । इजलासले महन्थ र उपेन्द्र मध्ये एउटा पक्षलाई जसपाको आधिकारिकता दिनेछ भने एउटा पक्ष पार्टीबाट अलग भई नयाँ पार्टी खोल्नुपर्नेछ ।

इजलास गठनसँगै जालझेल गर्दा पनि आफू कमजोर पर्ने भएपछि उपेन्द्रले नयाँ पार्टी दर्ता गराएका छन् । उनले आफू निकट नेता हरिनारायण यादवमार्फत राष्ट्रिय जनता पार्टी ब्युँताएर स्वामित्व आफूले लिएका छन् । हरिनारायणले निर्वाचन आयोगमा राजपा दर्ता गराएका छन् । जबकी राजपा महन्थ ठाकुरहरु पूर्वपार्टी हो । उपेन्द्र यादवको त समाजवादी पार्टी हो । तर आफ्नो ब्राण्ड छाडेर उपेन्द्र समूह महन्थ समूहको ब्राण्ड हत्याउन निर्वाचन आयोग पुगेको छ । एकीकृत पार्टी जसपा नपाउने भएपछि उपेन्द्र राजपाबाट अघि बढ्ने योजनामा रहेको नेताहरु बताउँछन् ।

उपेन्द्रले जसपामा आफू बहुमतमा रहेको भन्दै महन्थ अब सिद्धिए भन्दै हिँड्थे । तर आफ्नो जालझेल र चलखेल असफल भएर निर्णायक अवस्था आउँदा उपेन्द्रले आफूलाई यति असुरक्षित र कमजोर महसुस गरेका छन् कि उनले आफ्नो कार्यकर्तालाई प्रयोग गरेर राजपा आफ्नो नाममा दर्ता गराएका छन् । तर महन्थ ठाकुर भने निर्वाचन आयोगबाट जस्तोसुकै निर्णय आए पनि सामना गरेर अघि बढ्नेमा दृढ छन् । जसपा आफ्नो पार्टी भएको र आफूले पाउनेमा महन्थ आशावादी छन् । सबैलाई समेटेर लाने उनको योजना छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds