2024-12-04

Close

पत्रकारको दुर्घटना बिमा गराउने र खेलाडीलाई प्रोत्साहन भत्ता दिने पनि निर्णय

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश कुमार सिंहले संघीयतामाथि हुने प्रहार रोक्ने र सुशासन कायम राख्ने विषय मुख्य प्राथमिकता रहेको बताएका छन् ।

पद तथा गोपनीयताको शपथग्रहण लगत्तै उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर पदभार ग्रहण गर्दै आफ्नो प्राथमिकताबारे जानकारी गराए । उनले विगत ६ वर्षदेखि ट्रेण्ड बदल्ने बताए ।

उनले भने, ‘अहिले कोलाब्रेशनको सरकार छ । विगतमा पनि कुनै एक दलसँग बहुमत थिएन । अहिले पनि छैन । त्यसैले सबैसँग सहकार्य गरी अगाडी बढ्नुपर्छ ।’

जनमत पार्टीका सिंह ६ दलको समर्थनमा मुख्यमन्त्री बनेका छन् । विभागीय एउटै मन्त्रालय नराखेको जिज्ञासामा उनले भने, ‘११ को ११ विभागीय आफैँसँग राख्न सकिँदैन ।

मुख्यमन्त्री कार्यालयमा बजेट थन्काएर हुँदैन । सबै मन्त्रालयमा मन्त्रीहरूलाई अनरशिप दिएर र आफू पनि सबै मन्त्रालयको अनरशिप लिएर काम गर्नु छ ।’

उनले प्रदेशमा दर्ता मिडियामा कार्यरत पत्रकारहरूको दुर्घटना बिमा गर्नेदेखि खेलाडीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउनेसम्मको निर्णय गरेका छन् ।

हेर्नुहोस् उनले गरेका ८ निर्णय:

१. मधेश प्रदेशको १३६ वटै पालिकाका बाँझो जग्गालाई उपयोग गरी नमूना कृषि विकास मोडल लागु गर्न कृषि समूह सहकारी वा निजी साझेदारीमा एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गर्ने।

२. मधेश प्रदेशका प्रत्येक जिल्लामा नमुनाको रूपमा एउटा ठूला शैक्षिक पार्क तयार पार्ने।

३. मधेश प्रदेशको तथ्यांकलाई भरपर्दो र विश्वसनीय बनाउन आफ्नै डिजिटल तथ्यांक बैंक स्थापना गर्ने।

४. वैदेशिक रोजगारबाट सिप सिकेर फर्केका जनशक्तिका लागि श्रम बैंकको रूपमा परिचालन गर्ने । सिपलाई श्रमसँग जोड्ने कार्यक्रम ल्याउने।

५. दिगो विकासको योजना तयार गरी देश वा विदेशका लगानी आकर्षण गर्न मधेश प्रदेश लगानी सम्मेलन गर्ने।

६. मधेशमा सुशासनको जग स्थापित गर्न खोजमूलक पत्रकारिता प्रवर्द्धन गर्दै प्रदेश सरकार र मिडिया साझेदारी कार्यक्रम सञ्चालन गर्ने।

७. मधेशमा दर्ता भएका मिडियामा कार्यरत पत्रकारहरूको दुर्घटना बिमा गर्ने।

८. मधेशका खेल क्षेत्रलाई गतिशील बनाउनका लागि प्रदेश गौरवका आयोजनाको रूपमा रंगशाला निर्माण गर्ने र खेलाडीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर