प्रमुख समाचार
अप्पन डेस्क, जनकपुरधाम : नेपाली काँग्रेस धनुषाको सभापतिमा नेपाली कांग्रेसका महासमिति सदस्य सुधीर गोइतको चर्चा सुरु भएको छ ।
काँग्रेसको १४ औं महाधिवेशन नजिकिएपछि धनुषा सभापतिमा आधा दर्जन नेताले उम्मेदवारी घोषणा गरेका हुन् । जसमध्ये सबभन्दा बढी चर्चामा सुधीर गोइत छन् । उनी इमान्दार र पार्टीप्रति वफादार भएका कारण उनलाई जिल्ला सभापति बनाउन चर्चा यूवाहरुले चलाएका हुन् ।
धनुषाको प्रभावशाली युवा नेता गोइतले नेपाली कांग्रेस पार्टीका महासमिति सदस्य नेपाली कांग्रेसका प्रशासन विभाग सदस्य एवं धनुषामा असल नेताको रुपमा उनी परिचित छन् ।
गोइतलाई केन्द्रीय स्तरमा नेपाली कांग्रेस उपसभापति बिमलेन्द्र निधि,प्रदेश स्तरमा रामसरोज यादव समूहको समर्थन छ । धनुषामा काँग्रेस सभापति शेरबहादुर देउवा एवं उपसभापति बिमलेन्द्र निधि समूहबाट ५/६ जना सभापतिका उम्मेदवार भएका कारण युवा नेताको हिसाबले बाजी मार्ने सम्भावना देखिएको छ ।
धनुषाको सभापतिमा सुधीर गोइत विजयी भएमा संगठन चुस्ततुरुस्त बनोउने चर्चा पनि युवा नेताहरुबीच चल्ने गर्छ । निधी समूहकै एक युवा नेताले भने, ‘इमान्दारिता पूर्वक भन्ने हो भने जिल्ला सभापति लाइक नेता गोइत मात्र हुनुहुन्छ । उहाँलाई हाम्रो पनि समर्थन हुनेछ ।’