2024-04-25

Close

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत आगामी प्रतिनिधिसभामा सप्तरी क्षेत्र नम्बर २ बाट उठ्ने भएका छन् । बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकमा अध्यक्ष राउतले सप्तरी क्षेत्र नम्बर २ बाट उठ्ने घोषणा गरेका हुन् । सप्तरी २ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको क्षेत्रसमेत हो ।

सरकारले मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा चुनावको मिति तोकेसँगै राउतले उम्मेदवारी दिने घोषणा गरेका हुन् । पार्टीका महासचिव चन्दनकुमार सिंहका अनुसार अध्यक्षबाट उम्मेदवारी घोषणा सुरु भएको हो । उनले भने, ‘हिजोको भर्चुअल बैठकमा अध्यक्षले उम्मेदवारी दिने घोषणा गर्नुभयो । बिस्तारै अरु नेताले पनि उम्मेदवारीको घोषणा गर्नुहुनेछ ।’ महासचिव सिंह भने लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको क्षेत्र महोत्तरी ३ बाट उठ्ने भएका छन् ।
हिंसात्मक गतिविधिबाट शान्तिपूर्ण राजनीतिमा आएको जनमत पार्टीको आधार क्षेत्र सप्तरी मानिन्छ, जुन अध्यक्ष राउतको गृहजिल्लासमेत हो । गृहजिल्ला र गृहनगर पनि भएकाले सप्तरी २ रोजिएको महासचिव सिंहले जानकारी दिए ।

राउतको घर महादेवा गाउँपालिका वडा नम्बर २ मा पर्छ । गत स्थानीय चुनावमा महादेवा २ मा जनमत पार्टीका जागेश्वरप्रसाद ईसरसहितको प्यानल विजयी भएको थियो । त्यस्तै सप्तरीका २ वटा स्थानीय तहमा समेत जनमत पार्टी विजयी भएको थियो । हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा वीरेन्द्र माझी र वलान बिहुन गाउँपालिकाको अध्यक्षमा खेमचन्द्र यादव विजयी भएका थिए ।

यसअघि २०७४ सालको चुनावमा सप्तरी २ मा उपेन्द्र यादवले माओवादी केन्द्रका उमेशकुमार यादवलाई हराएका थिए । उपेन्द्रले २१ हजार ६सय २० मत ल्याउँदा उमेशले ११ हजार ५ सय ८० मत ल्याएका थिए । त्यस्तै स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरले ९ हजार ४ सय ५८ मत ल्याएका थिए । यस पटकको चुनावमा उपेन्द्र कहाँबाट उठ्ने भन्ने टुंगो लागिसकेको छैन ।

उनी निर्वाचन क्षेत्र परिवर्तन गरिरहने नेतामा पर्छन् । पहिलो संविधानसभा चुनावमा उनी मोरङ ५ र सुनसरी ५ बाट उठेका थिए । त्यतिबेला दुवै क्षेत्रबाट जितेका थिए। २०७० को दोस्रो संविधानसभा चुनावमा पनि उनले त्यही क्षेत्र दोहोर्‍याए तर सुनसरीमा जिते, मोरङमा हारे । यस्तोमा सप्तरी २ बाटै यस पटक उपेन्द्रले उम्मेदवारी दिएमा प्रतिस्पर्धा रोचक हुने सम्भावना रहेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds