2024-06-20

Close

काठमाडौँ । वातावरणीय सरोकारलाई सम्बोधन गर्न र प्राकृतिक स्रोतसाधनको संरक्षण गर्न महत्वपूर्ण कदम चाल्दै मधेस आर्मी प्रधान सेनापतिले वन मन्त्रीलाई ज्ञापनपत्र बुझाउदै अवैध उत्खननलाई तत्काल रोक्न माग गरेका छन्।

मधेश मर्भुमिकरण हुने संकट निकट भविष्यमा नै देखा पर्ने सक्ने स्थिति उत्पन्न भई हाम्रो अस्तित्व पनि खतरामा पर्ने देखिएकोले समयमा नै  गैर कानूनी गतिविधि नदीजन्य पदार्थ जस्ता उत्खननलाई वन तथा वातावरण मन्त्री माननीय बिरेन्द्र प्रसाद महतोलाई ध्यानाकर्षण गराउँदै यथाशीघ्र कारवाहीको लागि माग गरेका छन् ।

चुरे क्षेत्रको बिग्रदो वातावरणीय अवस्थाले गर्दा वातावरणीय सेवाको अनिश्चितताहुन पुगेकोले उत्पादकत्वमा ह्रास आई विपद जन्य घट्नाहरूमा वृद्धि भएको अवस्थालाई प्राकृतिक श्रोतको दोहन रोकी क्षयिकरण प्रक्रिया न्यूनीकरणका क्रियाकलाप सञ्चालन गरी वातावरणीय सेवाको दिगो उपलब्धता सुनिश्चितता गर्न अत्यावश्यक भएकोले चुरे तराई मधेश भूपरिधिमा पारेको प्रतिकूल प्रभावप्रति संवेदनशील हुन् अत्यन्त जरुरी देखिन्छ ।

क्रसर माफिया लगायत ग्राभेल माफियाहरूले सम्बन्धित निकाय बाट बिना दर्ता खानी सञ्चालन गरिरहेका छन् । अवैध उत्खनन गतिविधिहरू लामो समयदेखि जारी छन्, र वातावरणीय परिणामहरू चिन्ताजनक छन्। जसले वन विनाश, माटोको क्षय र प्राकृतिक पानीका स्रोतहरूलाई प्रतिकूल प्रभाव गर्दछ ।  अवस्था गम्भीर हुँदाहुँदै पनि यस्ता गैरकानूनी गतिविधिलाई नियन्त्रण गर्न सम्बन्धित निकायले कुनै ठोस पहल नगरेको देख्दा दुःख लागेको छ । देखावटी अनुगमन दर्जनौँ पटक गरिसकेका छन् यदपि कुनै ठोस निणर्य नलिएकै कारण २४ घण्टा नबित्दै फेरी उत्खनन सञ्चालनमा आउने गरेको पाइएको छ ।

प्रवर्तन र जवाफदेहिताको अभावले अपराधीहरूलाई दण्डहीनताका साथ आफ्नो विनाशकारी अभ्यासहरू जारी राख्न अनौपचारिक रुपमा अनुमति दिँदै उनीहरूलाई हौसला दिएको छ। फलस्वरूप, प्रभावित समुदायहरू असहाय र निराशाको अवस्थामा रहेको ज्ञानपन पत्रमा उल्लेखित छ ।

सिरहा जिल्लाको विभिन्न क्षेत्रमा विशेषगरी नरहा गाउँपालिका वडा नम्बर ३, गोलबजार नगरपालिका वडा नम्बर ९,१०, कमला नदी, धनगढीमाई नगरपालिका-८, गणेशमानचारनाथ नगरपालिका लगायतका क्षेत्रमा बन जङ्गल फडानी समेत गरी व्यापक अवैध उत्खनन भइरहेको हुदाँ सचेत नागरिकको हैसियतले हाम्रो ध्यानाकर्षण भएको छ । यस विषयमा वन तथा वातावरण मन्त्रीको गम्भीर ध्यानाकर्षण गराई यथाशीघ्र कारवाही लागि जोरदार माग गरेको मधेश आर्मीका प्रमुख चन्द्र यदुवंशीले बताए।  मधेश आर्मीको ज्ञानपत्र :

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds