2024-05-09

Close

सिरहा । सहिद हेमनारायण यादवको २० औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

स्मृति दिवसको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् । त्यससँगै प्रादेशिक अस्पताल सिरहामा उपचाररत रोगीहरुलाई स्मृति दिवसको अवसरमा फलफूल वितरण गरिएको छ । सदरमुकाम सिरहाको हेमनारायण चौकमा रहेको सहिद साँसद हेमनारायण यादवको पूर्णकदको शालिकमा माल्यापर्ण गरिएको थियो ।

सिरहाका कम्युनिष्ट नेता हेमनारायण यादवको २०६० माघ १९ मा उनको हत्या भएको थियो । हत्या भएको तीन वर्षपछि यादवलाई सरकारले सहिदसमेत घोषणा गरेको थियो ।

तीनै सहिद यादवको बिहीबार नेकपा एमालेले २० औं स्मृति दिवस मनाएको छ । सिरहा सदरमुकाममा सहिद यादवको सालिक छ । चोकको नाम पनि ‘हेमनारायण चोक’ राखिएको छ । उनको सालिकमा सिरहा नगरपालिकाका मेयर समेत रहेका जेठो छोरा डा. नवीन यादव र जिल्लाभरका एमाले नेता तथा निर्वाचित जनप्रतिनिधिहरुले माल्यार्पण गरी श्रद्धाञ्जली दिएका छन् ।

सहिद यादवको स्मृति दिवस मनाउन प्रायः एमालेका ठूला नेताह आउने गरेपनि यस पटक एमाले पार्टीका शीर्षस्थ नेताहर आएनन् । एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन एमाले महासचिव तथा अहिले नेकपा एकीकृत समाजवादीका अध्यक्ष रहेका माधव कुमार नेपाल पनि पटक–पटक सहिद यादवको श्रद्धाञ्जली सभामा सहभागी भएका थिए । तर, यो पटक पार्टी केन्द्रबाट कुनै पनि नेता श्रद्धाञ्जली दिन आएनन् ।

मधेसका प्रभावशाली नेता थिए हेमनारायण यादव । एमालेबाट सिरहा क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका थिए । १९ हजार २ सय ३५ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । तर, हत्या भएको २० वर्ष बितिसक्दा पनि घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याएको छैन ।

एमाले महासचिव रहेका बेला माधवकुमार नेपालले सिरहामै आएर श्रद्धाञ्जली सभामा भनेका थिए, ‘हत्यारा पातलो पर्दाको पछाडि छन् । तर, सरकारमा नभएकाले अगाडि ल्याउन समस्या भयो । छिट्टै हत्यारालाई कानूनको कठघरामा उभ्याउँछौं ।’

हुन त नेता नेपाल अहिले एमालेमा छैनन् । तर, एमालेमै रहेका वेला उनी प्रधानमन्त्री भएका थिए । तर, हत्यारालाई पर्दा पछाडिबाट अगाडि ल्याएर कानून कठघरामा उभ्याएनन् । एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुँदा पनि यादवका हत्यारालाई कारबाही गर्न चासो देखाएनन् ।

तैपनि एमाले नेताहरुले सहिद यादवको हत्यारालाई कारबाही गर्ने प्रतिबद्धता गर्न छाडेका छैनन् । एमालेले पटक पटक सरकारको नेतृत्व गरे पनि हत्यारा कारबाहीको दायरा नआउँदा एमाले नै हत्याराको बचाउमा लागेको धेरैको गुनासो छ ।

बुवाको हत्यारालाई अझै कारबाही नभएकोमा मेयर डा नवीन दुःख व्यक्त गर्छन् । उनी भन्छन्, ‘माधवकुमार नेपालजीले अपराधी पर्दाको पछाडि रहेको भन्नुभएको थियो । त्यसैले पनि प्रधानमन्त्री भएको बेला उहाँलाई भेट्न पनि पुगेको थिएँ । तर उहाँले केही पनि गर्नुभएन ।’

उनका अनुसार हत्याको विषयमा छानबिन गर्न बनेको समितिले नेपाली सेना चोहर्वा ब्यारेकका कर्णेल बाबुकृष्ण कार्कीले नै घटना घटाएको भनिसकेको छ । संसदीय अनुगमन टोलीले पनि हत्यामा कर्णेल कार्कीकै संलग्नता रहेको भन्ने सबै प्रमाण सार्वजनिक गरिसक्दा पनि कारबाही भएको अवस्था छैन । ‘कानूनको कार्यान्वयन पक्ष कमजोर भएकै कारण अहिलेसम्म न्याय पाउन सकेको छैन’, उनले भने ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds