2021-12-01

Close

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय यातायातलाई सरकारले बढावा दिने बताएकी छन् । उनले मंसिर १ गतेदेखि २० युनिटसम्मको बिजुली बाल्नेहरुलाई निःशुल्क दिने बताइन् ।

डोमेस्टिक कन्जम घटेको महशुल र सिँचाईमा घटेको महशुल लागू हुने पनि उनले बताएकी छन् । मंगलबार काठमाडौंमा महिन्द्राद्वारा ८ लाख ४० हजारको ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भुसालले विद्युतीय यातायातलाई सरकारले बढावा दिने बताएकी हुन् ।

उनले आजसम्म नेपालीलाई चाहिने जलविद्युतको पर्याप्त उत्पादन गरिसकेको बताउँदै अबको बाटो आफ्नै देशमा विद्युतीय सवारीसाधनसहित विद्युतीय सामानहरु बढाउने रहेको बताइन् । असन्तुलित अर्थतन्त्रलाई सन्तुलित बनाउन विद्युतीय सवारी साधनहरुले सहयोग गर्ने पनि उनले स्पष्ट पारिन् ।

विद्युतीय सवारी साधनले रोजगारीमा पनि सहयोग पुग्ने बताउँदै उनले विद्युतीय सवारीलाई बढावा दिन अब काठमाडौं उपत्यकका सरकारी कार्यालयहरुमा र उपत्यकामा चल्ने सबै सवारीसाधनहरु विद्युतीय खरिद गर्ने नीति सरकारले ल्याएको बताइन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

टिमहरु

संचालक :- विपिन कुमार यादव
सम्पादक :- वि.पि.यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- राज कमल सिंह

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2021 अपन जनकपुर