2025-05-16

Close

वीरगन्ज ।नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार वीरगञ्ज महानगरपालिका–१५ निवासी बिमल पौडेललाई नारायणी अस्पताल विकास समितिको सदस्य पदमा मनोनीत गरिएको छ। पौडेल आगामी तीन वर्षे कार्यकालका लागि उक्त पदमा रहने छन्।

पूर्व माओवादी पृष्ठभूमिमा सक्रिय राजनीतिमा रहेका पौडेल हाल नेकपा एमाले निकट युवा संघ नेपालका पुर्व जिल्ला इन्चार्ज हुन्। त्यसका साथै उनी पुर्व  खेलकुद महासंघका मधेस प्रदेश सह-इन्चार्ज समेत हुन्। पछिल्ला वर्षहरूमा उनी प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताका रूपमा समेत चिनिँदै आएका छन्।

जनस्वास्थ्य अधिकृत तारा प्रसादद्वारा हस्ताक्षरित निर्णय पत्रमार्फत नारायणी अस्पताल र विकास समितिमा समेत मनोनयनसम्बन्धी सूचना पठाइएको छ।मन्त्रालयले २०८२ साल वैशाख २८ गतेको निर्णयमार्फत नारायणी अस्पताल विकास समिति (गठन) आदेश, २०७६ (संशोधित) को दफा ३ को उपदफा (२) को खण्ड (घ) अनुसार पौडेललाई सदस्यमा मनोनीत गरेको हो। मन्त्रालयले जारी गरेको सूचनामा अस्पतालको समग्र व्यवस्थापन, सेवा सुधार तथा विकासका लागि पौडेलको सक्रियता र योगदान महत्वपूर्ण रहने विश्वास व्यक्त गरिएको छ।

वीरगञ्जको सामाजिक तथा स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूले पौडेलको मनोनयनलाई उचित व्यक्तिको उपयुक्त स्थानमा नियुक्ति भएको रूपमा लिँदै स्वास्थ्य सेवामा पारदर्शिता, जनमुखीता र प्रभावकारी सुधारमा उनले सशक्त भूमिका खेल्ने आशा व्यक्त गरेका छन्।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर