2024-04-26

Close

सिरहा, साउन १४ । सिराहाको माँ भगवती वेकरी एन्ड स्विट्स हाउसको समोसामा किरा भेटिएको सूचना पाएपछि जिल्ला प्रशासन कार्यलय सिरहाका अनुगमन टोलिले छापा हानेको छ ।

सेवा ग्राहीको नास्तामा किरा फेला परेको सुचना प्राप्त भएपश्चात जिल्ला प्रशासन कार्यलय सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीको निर्देशणमा प्रशासकीय अधिकृत नेतृत्वको अनुगमन टोलिले माँ भगवती बेकरी एण्ड स्वीट्स हाउसमा छापा मारेका हुन् ।

अनुगमनको क्रम्मा माँ भगवती बेकरी एण्ड स्वीट्सको किचेन, होटेलमा खानेकुरा राखिने स्थानको अनुगमन गरेका छन।

अनुगमन गर्दै प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीको निर्देशणमा प्रशासकीय अधिकृत नेतृत्वको अनुगमन टोलिले गल्ति सुधार गर्न र सरसफाईमा पुर्ण ध्यान दिन होटेलका संचालक गणेश साहलाई चेतावनी दिईएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताउनु भयो ।

अनुगमनको क्रममा उक्त होटलमा आत्याधिक खानेसामग्रीहरु वासी पाइएको प्रशासकीय अधिकृत श्याम राउतले जनाएको छ । उनकाअनुसार होटलमा आत्याधिक फोहोर, अव्यवस्थित तरिकाले स्टाफहरु खटाइएकोले खाने समानमा किरा भेटिनु स्वाभाविक रहेको बताए ।

बुधबार दिउँसो (चाट) नास्ता खादा समोसा भित्र मरेको अवस्थामा किरा फेला परेको थियो । गोलबजारका सेवाग्राही एवं रातोपाटी सिरहा सम्वादाता राम भरोसी यादवले किरा परेको समोसा खादा आफू विरामी परेको दावी गरेका छ्न। उनका अनुसार हाेटेलमा सरसफाइको वारेमा पटक–पटक सचेत गराउँदा पनि होटेलका संचालक गणेश साहले बेवास्ता गरेको संचारकर्मी यादवले गुनासो गरे ।
उनले थपे, खाजा खाएको भोलिपल्ट विहान देखि पखाला, वान्ता आउने र अनुहार समेत सुनिएकोले मैले सोही जानकारी गराउन होटल संचालक संग कुरागर्न खोज्दा धम्की पुर्ण शब्दहरु प्रयोग गरेको बताए ।

यता एक अर्का संचारकर्मीले होटल संचालक संग उक्त विषयमा जिज्ञासा राखदा होटेल संचालकले सिराहाको पुर्व वाणिज्य संघ अध्यक्ष संजय महासेठलाई भनेर धम्की दिलाएका छ्न । वाणिज्य संघ अध्यक्ष महासेठ्ले ठूलो स्वरमा कुरा गर्दै धम्की पुर्ण रुपमा न्युज कारखानाका सिरहा साम्वादाता मुकेश यादवलाई हप्काउदै भन्ने तिमिको हो कहावाट बोलेको होटेल संचालकलाई किन थ्रेड दिइरहेका छौ, म वाणिज्य संघको अध्यक्ष बोल्दै छु, तिमी के गर्न सक्छौ, भन्दै धम्की दिएका हुन ।

यसरी दैनिक रुपमा आत्याधिक मान्छेको भिड्भाड हुने होटेलमा किरा भेट्नु मानव स्वास्थ्य जीवन उपर ठाडो खेलवाड भएको पत्रकार महासंघ निवर्तमान केन्द्रिय सदस्य देबकुमार यादवले बताए ।

उक्त होटेल वरिपरि करिव चारवटा ठुलठूलो कार्यालयका जिल्ला अदालत, मालपोत कार्यालय, रेड्क्रस सोसाइटी, वार एशोसिएसन लगायतका कार्यालयहरु रहेकोले दैनिक रुपमा अत्यधिक मान्छेले खाजा खाने होटेलमा यसरी सरेगलेको किरा भेटिनुले सेवाग्राहीहरु समेत मार्कामा पर्ने गरेको यादवको भनाइ छ । नास्तामा मरेकाे माहुरी भेटेकाे होटेलका संचालकले स्विकार गरेका छन।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds