2024-04-24

Close

दिपेश कुुुमार साह।रौतहट, २३ पौष ।
रौतहटको बौधिमाइ नगरपालिकाले नगरपालिका भित्रको विभिन्न सार्वजनिक ठाउँमा सर्वसाधारणलाई आगो ताप्नका लागि दाउराको व्यवस्था गरेको छ ।
केहि दिन देखि बढेको चिसोले नकारात्मक प्रभाव पार्न थाले पछि चिसो छल्नको बौधिमाइ नगरपालिकाको नगर प्रमुख राजिव रन्जन यादवले दाउराको व्यवस्थापन गरेको हो । मुख्य सडक ,चौक सरकारी कार्यालय , लगायतका ठाउँमा आगो ताप्नको लागि दाउराको व्यस्था गरिएको नगर प्रमुख यादवले जानकारी दिएका छन् ।
बौधिमाइ नगरपालिकामा रहेको सरकारी कार्यालयमा काम गराउन बाहिरबाट आउने सेवाग्राहीलाई न्यानो हुनको लागि ठाउँ ठाउँमा दाउरा व्यवस्थापन गरे पछि सेवाग्राहीहरुलाई जाडो छल्न सहज भएको छ ।
मोटर साइकल चलाउनेलाई चिसोमा अप्ठयारो हुने भएकोले तिब्र रुपमा सवारी साधन नचलाउने तथा बृद्ध बृद्धा एवं बाल बालिकालाइ न्यानो लुगा लगाएर राख्न समेत यादवले आग्रह गरेका छन् ।
बाल बालिका , बृद्ध बृद्धाहरुलाई चिसोमा बढी जोखिम रहेकोले सुरक्षित राख्नु पर्ने चिकित्सकहरुको सुझाव रहेको छ । बर्षात पछि निरन्तर रुपमा चलि रहेको हावाको कारण बढेको चिसोले जनजीवन प्रभावित हुदै गएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds