शेखर छतकुलीवीरगंज, २१ चैत्र । पर्सामा दुवै प्रहरी प्रमुखहरुले तस्करीमा कडाई गर्न आफनो मातहतका प्रहरी युनिटहरुलाई निर्देशन दिए पनि ग्रामिण भेगबाट भने अबैध रुपमा तस्करी भैरहेको पाईएको छ ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक कुमोध ढुंगेल र सशस्त्र प्रहरी १३ नम्बर गण पर्साका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक किशन कर्मचार्यको निर्देशन बिपरित प्रहरी युनिटहरुको मिलोमतोमा पर्साको ग्रामीण भेगका नाकाहरुबाट व्यापक रुपमा तस्करी भैरहेको पाइएको छ । सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक किशन कर्माचार्यले आफना मातहतका बिओपी र गुल्मलाई तस्करीमा कडाई गर्न ठाडो निर्देशन दिएपनी अहिले पर्साको ग्रामिण भेगमा रहेको बरवा, अमरपट्टी, झौवा, परसौनी लगायतका नाकाहरुबाट ठूलो मात्रामा तस्करीको सामान भारतबाट भन्सार छलेर दैनिक लाखौ रुपैयाँ बराबरको लत्ता कपडा, गाई भैसी, काजु, रजनीगंधा लगायतका अबैध सामानहरु नेपाल भित्रयाई रहेको प्रमाण समेत भेटिएको छ । उता, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ढुंगेलले जिल्लाका सिमा नाकाहरुमा रहेका सम्पुर्ण प्रहरी चौकी लगायत सम्पुर्ण युनिटहरुलाई तस्करीमा कडाई गर्न निर्देशन दिनुभएको छ ।जुन नाकाहरुवाट अबैध रुपमा भन्सार छलीका सामान तस्करहरुले नेपाल भित्रयाएको खबर पाएमा सो प्रहरी चौकीका प्रहरीहरुलाई कारवाही गर्ने बताएपनी अहिले पर्साको सदरमुकाम वीरगंज देखी करिव १० किलोमिटरको दुरीमा रहेको ग्रामिण भेगमा पर्ने परसौनी, बर्वा, अमरपट्टी नाकाबाट तस्करहरुले लत्ता कपडा लगायतका लाखौ रुपैया बराबरको भन्सार छलेर तस्करीका सामानहरु भित्रयाउने गरेका छन ।पर्साको बार्वा, अमरपर्टी र प्रसौनी नाका भइ भारतबाट नेपाल तर्फ लत्ताकपडा , स्टिलको भाँडाकुडा, काजु, प्याज , रजनिगन्धा, भैसी, कुखुरा र चल्लाको तस्करी हुँदै आएको छ भन्ने नेपालबाट टुथ पेस्ट र मदिरा लगायतका सामानहरु सोही नाका भएर नेपालबाट भारत तर्फ तस्करी भईरहेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख एवम प्रहरी उपरीक्षक कुमोध ढुंगेल र सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्य लगाए विभिन्न निकायहरुले तस्करी बन्द रहेको दाबि गरेपनि तस्करी नरोकिएको यी प्रमाणले पुष्टि गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौ र अलौ गुल्मको मातहत रहेको सशस्त्र प्रहरी बल बिओपी अमरपर्टी र सशस्त्र प्रहरी बल प्रसौनी र सशस्त्र प्रहरी बेश क्याम्प बहुआर्वा भाठा र नेपाल प्रहरीको मातहत रहेको बिन्दवासीनी चौकी , अमरपर्टी चौकी र प्रसौनी चौकीको संरक्षणमा दिउँसो देखि मध्यराति सम्मै तस्करी भईरहेको प्रत्यक्षदर्शीहरु बताउँछन् । सो नाकाहरुमा सशस्त्र प्रहरी बल गुल्म अलौ र अमरपर्टी बिओपीबाट २४ घण्टा डिउटी रहँदा पनि तस्करीको कपडा पक्राउ नपर्नु प्रष्ट बुझिन्छ सकिन्छ कि मिलोमतोमा भईरहेको छ ।सशस्त्र प्रहरी बल गुल्मका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक बिकास अधिकारीलाई स्थानीयले फोन सम्पर्क गरि बार्वा घाटमा भइरहेको तस्करीको बारेमा सूचना दिएपनि तस्करीको सामान बरामद नहुनु शंकाको बिषय बनेको स्वयम स्थानीय सर्वसाधारण बताउँछन् ।साभार न्युज स्टोरी