अप्पन जनकपुर
श्याम गुप्ता
बारा । बारा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभाका उम्मेदवार गणेश धिमाललाई उम्मेदवारी फिर्ता लिन नेपाली काँग्रेसका सहमहामन्त्री एवंम् खानेपानी मन्त्री उमाकान्त चौधरीले धम्काएका छन् ।
यस अघि नेपाली कांग्रेसको मधेश प्रदेश सदस्य रहेका धिमालले राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाको उम्मेदवार बने पछि मन्त्री चौधरीले फिर्ता लिन धम्की दिएका हुँन् ।
मन्त्री चौधरी सत्ता गठबन्धनको तर्फबाट सोही क्षेत्रबाट उम्मेदवार बनेका छन् ।
‘उम्मेदवारी फिर्ता लिएर आँफूलाई समर्थन गर्न अन्यथा आँफूले हारे जे पनि हुँन सक्ने’ भन्दै मन्त्री चौधरीले घर मैं आएको धम्क्याएको धिमालले बताए । आँफूले केही पनि नगर्ने तर, आँफू पराजित भएको खण्डमा मेरा केटाहरुले जे पनि गर्न सक्छन् त्यसैले उम्मेदवारी फिर्ता लिनोस् भनेर चौधरीले धम्काएको धिमालको भनाइ छ ।
बाईट :- गणेश धिमाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभाका उम्मेदवार, क्षेत्र नम्बर १, बारा …..
गएको शनिवार राति करिब ११ बजेकाे समयमा ५० जना युवाहरुको समुह लिएर धिमालको घरमा पुगेका चौधरीले धिमाललाई उम्मेदवारी फिर्ता लिन र आँफुलाई सहयोग गर्ने दवाव दिएका थिए ।
बाहाल वाला मन्त्रीले नैं निर्वाचनमा उम्मेदवारी दिएका व्यतक्तीलाई सत्ताको दुरुपयोग गर्ने, तानाशाही प्रवृत्ति देखाउँन र त्रास देखाउँने कार्य गरेका छन् । बाहालवाला मन्त्रीले नैं उम्मेदवारहरुलाई धम्की दिएको भन्दै स्थानीयले आक्रोस व्यक्त गरेका छन् ।