2024-03-28

Close

प्युठान : नेपाली कांग्रेसको जिल्ला अधिवेशनको मतगणना स्थलमा प्रहरी र प्रदर्शनकारीको झडप हुँदा २ प्रहरीसहित ७ जना घाइते भएका छन् । मतगणनाको क्रममा अर्को पक्षले अग्रता लिएको भन्दै एक पक्षले मतगणना स्थलमा ढुंगामुढा गरेपछि गाेली चलाउन परेको प्रहरीले जनाएको छ ।

सभापतिको उम्मेदवार रहेका विष्णुकुमार गिरीले अग्रता लिएपछि अर्को पक्षका युवाहरूले मतगणना स्थल स्वर्गद्वारी क्याम्पसमा ढुंगा प्रहार गरेका थिए । प्रदर्शनले उग्र रूप लिएपछि स्थिति नियन्त्रण गर्न प्रहरीले ७ सेल अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

घाइतेलाई उपचारका लागि प्युठान जिल्ला अस्पताल बिजुवार लगिएको छ । आक्रमणपछि अहिले मतगणना कार्य स्थगित भएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds