2024-04-26

Close

जनकपुरधाम । सशस्त्र प्रहरी बलको दुई नम्बर प्रदेशस्थित बाहिनीबाट खटिएको इस्कार्वड टिमले धनुषाबाट आठवटा ड्रोन क्यामारा बरामद गरेको छ।

एप्पल ब्राण्डका उक्त क्यामारा तस्करी आरोप लाग्दै आएका विन्देश्वर नायकको भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

महोत्तरी मटियानी घर भएका उनी धनुषाका विभिन्न नाकाबाट तस्करीमा संलग्न रहेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।

विन्देश्वरले लामो समयदेखि धनुषास्थित सशस्त्र प्रहरीका घुमुवासँग सेटिङ मिलाएर ड्रोन क्यामाराको तस्करी गर्दै आएको सशस्त्र प्रहरीका एक अधिकृतले बताए।

नेपालमा करिब डेढ लाख सम्म पर्ने उक्त क्यामारा भारतीय बजारमा तीन लाखसम्म बिक्री हुने गरेका छन्।

यसरी तस्करीको ड्रोन क्यामारा बरामद भएको यो पहिलो पटक हो। डिआईजी गणेश ठाडा मगर प्रदेश २ आएपछिको दुई महिनाबीचमा १० करोड बढीको तस्करीको सामान बरामद भएको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds