2024-04-19

Close

कमला सिँचाईको भ्रष्टाचार छानबिन गर – प्रमुख सचेतक अरगडिया

 

काठमाडौ भदौ १८  । धनुषा निर्वाचन क्षेत्र नं २ को सांसद तथा समाजवादी पार्टीको प्रमुख सचेतक उमाशंकर अरगडियाले धनुषामा रहेको कमला सिँचाइ आयोजनामा ठूलो भ्रष्टाचार भएको दाबी गरेका छन् ।

भिडियो हेर्नु ,

 

सचेतक अरगडिया संघीय सांसद बैठकमा बोल्दै कमला सिंचाईमा भएको भ्रष्टाचारको तत्कालै छानबिन हुनुपर्ने सरकार संग मांग गरेका छन । धनुषा र सिरहा जिल्लाको सिमामा पर्ने कमला नदि नियन्त्रण तथा किसानलाई सिंचाई उपलब्ध गराउन सरकारले कमला नदि नियन्त्रण आयोजना मार्फत करोडौं रकम खर्चिदै आएको छ । यद्यपि कार्यालय प्रमुख, ईन्जिनियर र कर्मचारीहरू कमिसनमा विभिन्न उपभोक्ता समिति गठन गरेर बजेट अनियमितता गरेको सचेतक अरगडियाले बताए ।

 

सरकारले निर्धारण गरेको मापदण्ड बिपरित कार्यालयको मिलोमतोमा गुणस्तरहीन निर्माण भएकाले सम्बन्धित पक्षले स्थलगत अनुगमन मूल्यांकन गरेर कारवाही गर्नु पर्ने मांग गरे । उपभोक्त समितिबाट कर्मचारीले ३० प्रतिशात सम्म कमिसन लिएको जनगुणासो बढेको समेत प्रमुख सचेतक अरगडियाले प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महरा मार्फत सरकारलाई ध्यानाकर्षण गराएका छन । ग्राभेल बाट निर्माण गर्नु पर्ने काममा कार्यालयको मिलोमतोमा बलुवा प्रयोग गरेको बताए । बाढिको उच्चजोखिममा रहेको कमला नदि आसपासको क्षेत्रमा कमसल निर्माण हुंदा झन जोखिम बढेको दाबी गरे ।

कमला सिंचाइ योजनाबाट उक्त क्षेत्रका किसानलाई निकै राहत हुने निश्चित हुदाहुदै पनि कार्यालयको भ्रष्टचारका कारण सिंचाई निर्माण हुन नसकेको टिप्पणी गरे । कमला सिंचाइ प्रभावकारी रुपमा अगाडि बढे धनुषाको सयौं बिघा जग्गामा सिंचाई पुग्छ, प्रमुख सचेतक अरगडियाले भने – “सिंचाईको अभावमा किसानहरु बिचल्लीमा परेका छन । किसानहरुले लगाएको धान पानीको अभावमा सुक्न थालेकाले सरकारले धान किसानका लागि राहत तथा खेतमा पानी उपलब्ध गराउन सक्ने उपकरण बितरण गर्न सरकार अगाडि आउनु पर्छ ।”

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds