2024-05-14

Close

काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्कालाई प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) तानिएको छ । गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले एसपी खड्कालाई सोमबार जिम्मेबारीबाट हटाएको हो ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका सञ्चार सल्लाहाकार कमल गिरीले एसपी खड्कालाई धनुषाबाट प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा पठाइएको बताए । एसपी खड्कालाई जिम्मेवारीबाट हटाउनुमा आरती साहको मृत्यु घटना जोडिएको छ ।

लामो समयदेखि माइतीघरमा आन्दोलनरत साहका आफन्तले एसपी खड्कालाई जिम्मेवारीबाट हटाए मात्रै सरकारसँग वार्ता गर्ने अडान लिएपछि उनलाई जिम्मेवारीबाट हटाइएको हो ।

सोमबार मात्रै गृहमन्त्री श्रेष्ठले साहको परिवारलाई वार्तामा आउन आग्रह गरेका थिए । पीडित परिवारले भने एसपी साहलाई हटाएपछि मात्रै वार्तामा आउने बताएका थिए ।

गत जेठ ७ गते साह आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । सो प्रकरणमा आरतीका श्रीमान् मोतीबाबु साह र ससुरा मदन मोहनलाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि कारागार समेत पठाएको थियो ।

मृत्यु शङ्कास्पद भएको र अनुसन्धानको क्रममा धनुषाका एसपी विश्वराज खड्काले मुद्दा कमजोर बनाएको उनीहरुको आरोप छ । आरतीको परिवार विगत १४५ दिनदेखि काठमाडौंमा धर्ना बसेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds