2024-03-29

Close

नुवाकोट । नुवाकोटकी पार्वती गीरीले विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिताको एमएस नेपाल इन्टरनेसनलको उपाधी जितेकी छिन् ।

गत शनिबार रिवन इन्टरटेनमेन्टको राजधानीमा भएको कार्यक्रममा गिरीले उक्त उपाधी जितेकी हुन् ।
उक्त प्रतियोगिताको ‘वाइवाइ मिसेस नेपाल वर्ल्ड २०२१’ को विजेता काठमाडौंकी दीक्षा केसीले जितेका छन् भने अभिनेत्री उषा रजकले ‘मिसेस नेपाल इन्टरनेसनल’ र गिरीले ‘एमएस नेपाल इन्टरनेसनल’ को उपाधी जितेकी हुन्।

ग्लायलेक्सी जम्बो बासमती राइस लेडी विथ कम्प्यासनको उपाधि सहित जितेका दीक्षाले सन् २०२२ मा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

त्यसै गरि नायिका उषा रजक र पार्बती गिरीले
सन् २०२२ मा सिंगापुरमा हुने ‘मिसेस इन्टरनेसनल’ र ‘एमएस इन्टरनेसनल’मा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउनेछन् ।

नुवाकोटको विदुर नगरपालिका -९ को स्थायी वासिन्दा गिरीले नुवाकोटको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगिताको उपाधी जित्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्न पाउनु गर्वको कुरा रहेको राष्ट्रिय युवा संघ नुवाकोटका अध्यक्ष प्रज्वल सापकोटा बताए।

उक्त प्रतियोगितामा उषाले रियो मस्ट ट्यालेन्टेड र सिजी सिमेन्ट मस्ट बोल्डको उपाधि पनि जितिन् ।

की एडभरटाइजिङको मार्केटिङ सहकार्यमा सम्पन्न प्रतियोगितामा सुनीता लामा ‘मिसेस नेपाल वल्र्ड फस्ट रनर्सअप’, राजश्री थापा ‘मिसेस नेपाल वल्र्ड सेकेण्ड रनर्सअप’ र मनीता प्याकुरेल ‘मिसेस नेपाल वल्र्ड थर्ड रनर्सअप’ भए । त्यसै गरी .माधुरी कर्ण ‘एआरएस डेन्टल क्लिनीक बेस्ट स्माइल’, ‘वाइवाइ डाइनामिक भ्युअर्स च्वाइस’ र ‘प्रदेश २ उद्योग तथा पर्यटन मन्त्रालय मिसेस टुरिजम एम्बेसडर’, लक्ष्मी जोशी ‘आईएमई पे पब्लिक च्वाइस अवार्ड’, सोनु मगर ढुंगेल.‘रश्मीलाज फेसियल हाउस वेस्ट हेयर’, सुमिता लामा ‘नेपाल आईस वेस्ट र्‍याम्पवाक’ र ‘एन्ड पिक्चर्स मस्ट फोटोजेनिक’, माला सुनुवार ‘मालिका सेभिङ एन्ड क्रेडिट मस्ट इन्टलिजेन्ट’, ‘नारायणी अटो बिजीनेस मस्ट डिसिप्लेन्ड’, पवित्रा बानियाँ ‘हरपल फुड्स मिसेस कन्जीनियालिटी’, जयन्ती राई ‘सिल्कवेयर फेसन आइकन’, मनिता प्याकुरेल ‘असम वेस्ट पर्सनालिटी’, सुष्मिता खड्का ‘सफ्टी मस्ट व्युटिफल’, राजश्री थापा ‘क्वीक्स मस्ट कन्फिडेन्ट’, सुमित्रा पौडेल उप्रेती ‘काठमाडौं वर्ल्ड स्कुल मस्ट क्रियटिभ’ र मोनिका न्यौपाने ‘होटल सिटी पार्क म्यानेजमेन्ट च्वाइस’को विजेता बने ।

प्रतियोगितामा सिएनएन हिरो तथा माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला प्रमूख निर्णायक तथा अभिनेता राजेश हमाल, कोरियोग्राफर प्रशान्त ताम्राकार, नेपाल सुपर लिगकी अध्यक्ष अश्रेता कार्की चौधरी, नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष राजकुमार क्षत्री र ब्राजिल नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष अखिल चापागाईं निर्णायक थिए । कार्यक्रममा तीन दशकभन्दा लामो समयदेखि जीवन्त अभिनय र नृत्यकलाबाट लोकप्रियता कमाएकी अभिनेत्री गौरी मल्ललाई ‘मानार्थ एमएस नेपाल’ उपाधिबाट सम्मान गरिएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds