2024-04-24

Close

चन्दन कुमार पुस,२४ रौतहट / रौतहटको परोहा नगरपालिका वडा नम्बर ४ लौकाहा स्थित रहेको श्री ब्रहमज्योती माध्यमिक विधालयमा अध्य्यनरत कक्षा १० का छात्रा हरु लाई विद्यालय आउन जान सहज र सजिलो होस भन्ने उदेश्यका साथ परोहा नगरपालिकाले साइकल वितरण गरेको छ। उक्त साईकल वितरण कार्यक्रम को प्रमुख अतिथि परोहा नगरपालिका की उप-प्रमुख सुगान्धी गिरी र विद्यालयका प्रधानध्यापक अरून कुमार यादव, विधालयका अध्यक्ष जवाहीरलाल यादव लगायत विद्यालयका सम्पुर्ण शिक्षकहरू र विद्यालय समिति का सदस्य हरु को उपस्थितिमा वितरण कार्यक्रम सम्पन्न भएको थियो।

सो साईकल वितरण कार्यक्रम विद्यालयका अध्यक्ष जवाहीरलाल यादव को अध्यक्षता आयोजना भएको थियो।

नगरपालिका द्वारा उक्त विद्यालयका कक्षा १० कि ५१ छात्राहरु लाई साइकल वितरण गरिएको थियो।

क्षात्राहरुलाई विद्यालय आउन तथा समयमा घर जान सहज होस भन्ने उदेश्यले साईकल वितरण गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उप प्रमुख गिरीले भनिन, हामी शिक्षा स्वास्थ्य र बिकास को काममा तीव्रता दिदै आएका छौ दिर्हेका छौ र अगामी दिनमा पनि दिन्छौ भन्ने तपाईहरु प्रतिबधता गर्न चाहन्छु ।

सोही कार्यक्रममा बोल्दै एक विद्यार्थीले भने यस विद्यालयका हामी सम्पुर्ण विद्यार्थीहरु परोहा नगरपालिका र हाम्रो नगर प्रमुख शेख वकिल ज्यु लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु कि नगर प्रमुख ज्युले हामीहरूको समस्या बुझेर हाम्रो समस्या समाधान गर्नुभयो, हाम्रो घर बाट विद्यालय लगभग ५ ,७ किलोमिटर टाडा भएकोले समयमा विद्यालय नपुग्नु ,विद्यालयबाट घर जादा धेरै समय लाग्ने जस्ता समस्याहरु आई रहेको थियो । अब देखि विद्यालय आउन र जान पनि सहज र सजिलो हुन्छ भन्ने कुरा बताए। नगरपालिकाको यो कार्य धेरै नै राम्रो र सराहनिय रहेको भन्दै विद्यालयका प्रधानध्यापक अरुण कुमार यादव लगायत विद्यालयका समित र सम्पुर्ण विद्यार्थीहरु नगरपालिकालाई धन्यवाद दिएका थिए।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds