2024-04-25

Close

अजय मिश्र, कपिलवस्तु : कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ स्थित उद्योग वाणिज्य संघ कृष्णनगरको हालमा लायन्स कल्ब अफ कृष्णनगर ले निशुल्क आंखा शिविर लायन्स कल्ब अफ कृष्णनगर अध्यक्ष श्याम कुमार मिश्रको अध्यक्षता मा कार्यक्रम गरेको छl जस्को सह आयोजकमा लुम्बिनी आई इन्स्टिट्यूट श्री रणम्बिका शाह आंखा अस्पताल शाखा कृष्णनगरको संयुक्त आयोजना रहेको थियोl

कार्यक्रमका प्रमुख अतिथि रजत प्रताप शाह विशिष्ट अतिथि लायन्स रिजन चेयर पर्शन लायन ओमकार अचार्य, डिस्ट्रिक्टका दिपक श्रेष्ठ रहनुभयो l
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वडाध्यक्ष संजय गुप्ता ले कार्यक्रम सफलताको कामना गर्नुभयोl
कार्यक्रम लाई सम्बोधन गर्दै कार्यक्रमका कैम्प चेयरमैन तथा को चिप डिस्ट्रिक्ट एडवाइज दिनेश चन्द गुप्ताले निशुल्क आखां शिविर चौबीस बर्ष देखि निरन्तर सामाजिक क्षेत्रमा काम गर्दै आएको बताउदै कार्यक्रममा सहयोग तथा योगदान दिने सम्पूर्ण सहयोगी हातलाई हृदय देखि धन्यवाद दिए l निशुल्क आंखा शिविर कार्यक्रममा ४८० जनाको आखां परिक्षण गरिएकोमा १०३ जनाको मोतियाबिंद को आपरेशन निशुल्क हुने लायन्स कल्ब अफ कृष्णनगर अध्यक्ष श्याम कुमार मिश्रले जनाएका छन् l कार्यक्रममा लायन्स कल्ब का सदस्यहरू, जनप्रतिनिधि, समाजसेवी, सुरक्षाकर्मी, पत्रकार लगायत लाई मायाको चिनो र सम्मान पत्र प्रदान गरिएको थियोl

कार्यक्रममा लायन अनिल कुमार, लायन विजय गुप्ता, लायन असलम खान, लायन टिका बहादुर, लायन अंशूल गुप्ता, लायन उमाशंकर, लायन शिवा घिमिरे, फैसल खान लगायत समाजसेवी पत्रकार जनप्रतिनिधि, सुरक्षाकर्मी हरूको उपस्थित रहेको थियोl

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds