2024-10-13

Close

मनोज यादव /सर्लाही ,पुस २५
लाखौं रुपैया खर्च गरि डाक्टरको पढाइ पूरा गरेर आउने डाक्टरहरुको एउटा मात्रै सोंच हुन्छ, अध्यनको क्रममा आफुले खर्च गरेको पैसा कसरी असुल गर्ने ? उनीहरू डाक्टरीको पठाइ गर्दा लागेको सम्पूर्ण खर्च बिरामीहरुबाटै असुल्न खोज्छन्।तर सर्लाहीको सदरमुकाम मलंगवामा भर्खरै संचालनमा आएको एक निजि(प्राइभेट) अस्पतालले संचालनमा आएको दिनदेखिनै गाउँ गाउँमा गएर स्वास्थ्य शिविरहरु संचालन गरिरहेका छन् ।
मलंगवा नगरपालिका वडा न-१० स्थित जिल्ला अदालतको पश्चिम पट्टी र कृषि कार्यालयको ठिक पछाडि रहेको चमेली माई हस्पिटल प्रा.लिले संचालनमा आएको मात्र २ महिनाको अविधिमा सर्लाहीका विभिन्न स्थानहरुमा स्वास्थ्य तथा रक्तदान शिविरहरु संचालन गरेका छन् ।
यस हस्पिटलले केही दिनअघि आफ्नै प्रांगणमा रेडक्रस सोसाइटी मलंगवासँगको सहकार्यमा रक्तदान शिविर संचालन गरेको छ ।त्यस्तै शनिवार चक्रघट्टा गाउँपालिकामा विभिन्न रोग सम्बन्धित स्वास्थ्य शिविरको आयोजना गरेको छ।
चमेली माई हस्पिटलका संचालक समेत रहनु भएका डाक्टर कमलेश कुमार साहले आफ्नो पेशालाई व्यापारमुखी नबनाएर सेवामुखी बनाउने उदेश्यले अस्पताल सुरु गरेको बताएका छन् ।उनले आगामी दिनहरुमा पनि सम्बन्धित गाउँका पालिकाहरु सँग समन्वय गरि यसैगरी विभिन्न रोग सम्बन्धि स्वास्थ्य शिविरहरुको आयोजना गर्दै जाने जानकारी गराए ।
२४ सै घण्टा इमर्जेन्सी,एक्सरे र पैथोलोजी लैबको सुविधा रहेको यस अस्पतालबाट बिरामीहरुलाई अक्सिजन ,यु.सि.जी,इ.सि.जी,बेबी वार्मर ,प्रत्येक दिन ओपिडी सेवा प्रदान गर्नुका साथै डेलिभरीको लागि आउने गर्भवती महिलाहरुलाई सक्दो नर्मल डेलिभरी गराउने लगायतका सेवाहरुको व्यवस्था रहेको डा.साहले बताए । कतिपय हस्पिटलले नर्मल डेलिभरी हुनसक्ने महिलाहरुलाई बढी पैसाको लोभमा अपरेसन मार्फत डेलिभरी गराउँदा आमा र बच्चाको स्वास्थ्यमा गम्भीर असर पर्ने र ज्याननै जोखिममा पर्ने गरेकोले आफुले यस्तो नकारात्मक कार्यलाई निरुत्साहित पार्न सकेसम्म नर्मल डेलिभरीनै गराउने गरेको उनले बताए ।
उक्त अस्पतालमा उपचार गराउन आएका बिरामीका कुरुवाहरु नयाँ भएपनि यस चमेली माई हस्पिटलले प्रदान गरेको सेवा सुविधा तथा उपचार प्रति आफुहरु संतुष्ट रहेको बताएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर