2024-04-25

Close

काठमाडौं । नेपाल प्रहरीमा एआइजीको दरबन्दी बढाउन लागिएको छ । प्रहरी प्रधान कार्यालयल ३ एआइजीको थप दरबन्दी स्वीकृतिका गृहमन्त्रालयमा प्रस्ताव पेश गरिसकेको छ । गृहले अर्थमन्त्रालयको सहमति माग गरेको छ । अर्थले सहमति दिएमा संभवतः भोलि बस्ने मन्त्रिपरिषद बैठकले ३ एआइजीको दरबन्दी स्वीकृत गर्नेछ ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीका डीआइजी धिरजप्रताप सिंह, महानगरीय आयुक्त कार्यालयका उत्तमराज सुवेदी र प्रहरी प्रधान कार्यालयका डीआइजी इश्वरबाबु कार्कीलाई एआइजी बढुवा गर्नका लागि दरबन्दी थप गर्न लागिएको गृहमन्त्रालय स्रोतले बताएको छ । स्रोतका अनुसार यी तीनै डीआइजीले गृहमन्त्रीदेखि प्रधानमन्त्रीलाई सम्म खुसी पारी एआइजीका दरबन्दी थप गराउन सफल भएका छन् । इश्वरबाबु कार्कीले गृहमन्त्री बालकृष्ण खाँणपत्नी मन्जु खाँणलाई प्रभावमा पारी एआइजी बढुवा हुन खोजे पनि कांग्रेस नेता रमेश लेखकका नाता समेत पर्ने अख्तियारका डीआइजी बसन्त पन्तले बाजी मार्ने भएका छन् ।

२०७३ मा एआइजीका दरबन्दी ३ वटाबाट थपेर १५ वटा बनाएका प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले आवश्यकै नभए पनि थप गर्न लागेका छन् । २०७४ मा केपी ओली प्रधानमन्त्री भएपछि एआइजीका दरबन्दी घटाएर ३ वटा बनाएका थिए । त्यसपछि बीचमा २ वटा थप गरी एआइजीका दरबन्दी ५ बनाइयो । अब फेरि ३ थपेर ८ वटा बनाउन लागिएको छ ।

बढुवाका दाबेदार डीआइजी सिंह, सुवेदी, कार्की र पन्तले अर्थमन्त्रालयबाट पनि फाष्टट्रयाकमा सहमति ल्याउन दौडधूप गरिरहेका छन् । अर्थमन्त्री शर्मालाई समेत प्रभावमा पारी उनीहरु सहमति ल्याउन रातदिन लागेका छन् । ३ एआइजीको दरबन्दी थपका लागि शक्तिकेन्द्रलाई खुसी पारिसकेका डीआइजीहरुले अर्थमन्त्री शर्मालाई समेत प्रभावमा पारिसकेका छन् ।

आवश्यकताले भन्दा पनि ब्यक्तिगत स्वार्थका लागि एआइजीको दरबन्दी थप गर्न लागिएको छ । देशभर ४ सय भन्दा बढी ठाउँमा प्रहरी चौकीको माग छ । तर प्रहरी चौकी खोलेर शान्तिसुरक्षा र अपराध नियन्त्रणमा भन्दा पनि ब्यक्तिगत स्वार्थका लागि वा कसैलाई बढुवा गर्नकै लागि दरबन्दी थप गर्न लागिएको छ । एक एआइजीका लागि गाडीदेखि विभिन्न सुविधाको हिसाब गर्दा मासिक २ लाख पचास हजारदेखि ३ लाख सम्म खर्च हुन्छ । यो रकमले २ वटा चौकी स्थापना गर्न र संचालन हुनसक्छन् । तर देउवा सरकारले चौकी भन्दा पनि केही ब्यक्तिलाई लाभ पुर्याउनका लागि एआइजी बढुवा गर्न तल्लीन छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds