2024-05-02

Close

जनकपुरधाम । मधेशको ऐतिहासिक एवम् सबभन्दा ठुलो मेला मकर मेलाको ठेक्का कबुल भएको छ ।

धार्मिक एवम् पर्यटकीय स्थलको रुपमा परिचित मधेश प्रदेश धनुषाको धनुषाधाममा लाग्दै आएको मकर मेलाको लागि साढे १० लाखमा ठेक्का लगाईएको छ ।

धनुषाधाम नगरपालिका वडा नम्बर ३ (धनुषाधाम) स्थित रहेको धनुष जनता माविले आव्हान गरेको टेन्डर (बोलपत्र) को लागि १८ जना ठेक्केदारहरुले उक्त ठेक्का दाबीको लागि कागजातहरु पेश गरेको भएपनि प्रक्रियागत र बोलपत्रको नियमानुसार १० लाख ५५ हजार पाच सयमा रवीन्द्र यादवले उक्त ठेक्का पाएका हुन् ।

माघको पहिलो आईतबारदेखि एक महिनासम्म प्रत्येक आईतबार लाग्ने मकर मेला भर्नको लागि नेपाल र भारतको विभिन्न ठाउँबाट श्रद्धालु भक्तहरु आउने गरेको छ । धनुषाधाममा अवस्थित धनुष मन्दिरमा शरिरमा हुने मुसो रोग निवारणको लागि भाकल गर्ने प्रचलन छ ।

मुसो एक प्रकारको चर्मरोग पनि हो । यी रोग भएका श्रद्धालुले धनुषाधाममा रहेको धनुष मन्दिरमा भण्टाभार ९ बैगनको भार० चढाउने भाकल गरेपछि रोग निको हुने मान्यता पौराणिकालदेखि नै चलिआएको छ । मेलामा लाखौंको सँख्यामा भाकल तथा मेला भर्नको लागि आउने गर्छन् ।

धनुषाधाममा प्रत्येक वर्ष लाग्ने मकर मेला तेजपातको लागि प्रसिद्ध मानिन्छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद कुमार यादव, वडा नम्बर ३ का वडा अध्यक्ष जयनारायण यादव, वडा नम्बर २ वडा अध्यक्ष लक्ष्मी महतो, धनुषाधाम उद्योग वाणिज्य संघका अध्यक्ष किशोरी ठाकुर, शिक्षक, विद्यार्थी र राजनीतिककर्मी सहितको उपस्थितिमा मेला ठेक्का सम्पन्न भएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds