2024-05-02

Close

सिन्धुली । जिल्ला समन्वय समिति सिन्धुलीको प्रमुख झरना बख्रेल बन्नु भएको छ । गर्ल्स टेक ओभर’ अर्थात् ‘बालिका तथा किशोरीलाई पद हस्तान्तरण’ कार्यक्रम अन्तर्गत एक दिनको लागि प्रमुख बन्नु भएको हो ।

शुक्रबार बिहान जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले झरनालाई जिल्ल समन्वय समिति सिन्धुलीको पद हस्तान्तरण गर्दै झरनालाई समन्वय प्रमुखको जिम्मेवारी दिनुभएको हो ।

पद हस्तान्तरण कार्यक्रम आयोजना गरेको आफूलाई पद हस्तान्तरण गर्नु भएकोमा धन्यवाद दिँदै झरनाले समन्वय प्रमुख कारसाङ लामासँग जिल्ला समन्वय समितिले गरि रहेको काम र भोलिका दिनमा गर्ने कामको बारेमा जानकारी दिनुभयो । जिल्लामा नै वटा स्थानीय तह भएको र स्थानीय तहमा लक्षित वर्गको कार्यक्रम लक्ष्य अनुरूप विनियोजन हुन नसेको र जिल्लामा भएका विभिन्न गतिविधिको बारेमा समन्वय समितिले अनुगमन गर्दै आएको कारसाङ लामाले जानकारी दिनुभयो ।

सबै स्थानीय तहमा गैर सरकारी संस्थाको पहलमा विभिन्न किसिमका विकास र परिवर्तनका गतिविधि भएको भन्दै उहाँले गैर सरकारी संस्थाको सहयोगले जिल्लको विकासमा टेवा पुर्याउदै आएको बताउनुभयो । कारसाङ लामासँग समन्वय समितिले गर्ने कामको बारेमा जानकारी लिएपछि झरनाले जिल्ला समन्वय समितिले गर्नु पर्ने काम र आफू समन्वय प्रमुख भई रहँदा गर्ने योजना समेत सुनाउनु भएको थियो ।

समाजमा अझै पनि छोरीले केही गर्न सक्दैनन् भन्ने मानसिकता रहेको भन्दै छोरीलाई पनि साथ र स्वतन्त्र छोड्ने हो भने नेतृत्वमा आउन सक्ने बताउनुभयो । विकास र परिवर्तनका धेरै कुरा गरे पनि किशोरीका सवालमा भने पर्याप्त कामहरू हुन नसकेको झरनाले बताउनुभयो ।

किशोरीहरूको मनोमल बढाउने र बालिकालाई सिक्ने सिकाउने अभियान बालिकाहरूलाई नेतृत्व लिन हौसला प्रदान गर्न गल्र्स टेक ओभर कार्यक्रम हो । यस कार्यक्रम समापन पछि झरनाले पुनः कारसाङ लामालाई जिल्ला समन्वय समितिको पद हस्तान्तरण गर्नु भएको थियो ।

प्लान इन्टरनेश्नल नेपालका पूर्व क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक रबिशंखर पण्डितले किशोरीहरूलाई लक्ष्य निर्धारण गर्न टेवा पुर्‍याउने उद्देश्यले ‘बालिका तथा किशोरीलाई पद हस्तान्तरण गर्ने अभियान संचालन हुँदै आएको बताउनुभयो । यस अभियानले किशोरीहरूको लक्ष्य निर्धारण गर्न र उनीहरूलाई काम गर्दा गर्नु पर्ने समन्वयका बारेमा ज्ञान मिल्ने उहाँले बताउनुभयो । उहाँले गल्स टेक ओभरको बारेमा सहभागीहरूलाई जानकारी गराउनु भएको थियो ।

गल्र्स टेक ओभर बालिका अधिकारका लागि क्रियाशील संस्थाहरू, प्लान इन्टरनेशनल नेपाल, जनजाति समाज विकास कार्यक्रम (JSDP) सिन्धुली, हेड्स नेपाल सिन्धुली, सिड्स नेपाल सिन्धुलीको साझा अभियान हो । गर्ल्स टेक ओवर अभियानले बालिका तथा किशोरीलाई नेतृत्वदायी भूमिका अनुसरण गर्न भित्री प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds