2022-11-26

Close

जनकपुरधाम । राष्ट्रिय यूवा संघ नेपाल धनुषाले आज जनकपुरधाममा सरकार विरुद्ध विशाल प्रदर्शन गरेको छ ।

सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा र हिंसात्मक अभिव्यक्ति दिने मन्त्री रेणु यादवलाई बर्खास्त गर्न नचाहेको भन्दै यूवा संघले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले मन्त्री यादवलाई बर्खास्त गर, स्थानीय तहको निर्वाचनको मिति घोषणा गर, अपराधी देउवा सरकार मुर्दावाद जस्ता नारा लगाएका छन् ।

प्रदर्शन संघका प्रदेश अध्यक्ष जानी खान मधेसीको प्रमुख आतिथ्य र रामउदगार यादवको अध्यक्षतामा गरिएको छ । संघका प्रदेश अध्यक्ष जानी खान मधेसीले अगामी निर्वाचनमा एमाले दुई तिहाई बहुमत ल्याउने डरले निर्वाचनको मिति घोषणा गर्न नचाहेको आरोप लगाए ।

यूवा संघले यसअघि पनि जनकपुरमा हिंसात्मक अभिव्यक्ति दिने मन्त्री यादवलाई बर्खास्तको माग गर्दै प्रदर्शन गरेको थियो । मन्त्री यादवलाई बर्खास्त नगरे सरकारविरुद्ध कडा आन्दोलन हुने उनीहरुको चेतावनी छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री यादव, सन्जिब कुमार मण्डल (जनकपुर)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2022 अपन जनकपुर