जनकपुरधाम,१जेष्ठ। प्रतिनिधीसभा सांसद उमाशंकर अरगरियाले दुई महिनापछि देशको अवस्था कोरोनाभन्दा खतराक हुन सक्ने बताएका छन् ।
प्रतिनिधीसभाको बैठकमा बुधबार बोल्दै सांसद अरगरियाले बर्षाको समय आएपछि कोरोनाभन्दा खतरनाक अवस्था आउन सक्ने बताए । उनले गत बर्षकै बर्षाको समयमा भत्केका नदीहरुको बाँध अहिलेसम्म नियन्त्रण हुन नसकेको भन्दै अबको बर्षामा गाउँको गाउँ बगाउन सक्ने बताए ।
‘सरकारको ध्यान यतातर्फ छैन’ अरगरियाले भने, “आगामी बर्षको बजेटमा पनि यसतर्फ ध्यान दिइएको अवस्था छैन् ।”
उनले कोरोनाले अर्थतन्त्रलाई पार्ने प्रभावको बिषयमा बजेटमा कुनै तथ्यांक प्रस्तुत नगरिएको बताए । उनले बजेट परम्परावादी नै देखिएको भन्दै कोरोनाले प्रभाव पार्न सक्ने बिषयलाई बजेटमा समेटनुपर्ने बताए ।
उनले लक डाउनको समयमा राहत बितरण गर्नुभन्दा विपन्नलाई रोजगारी दिन सुझाव दिए ।
प्रदेश २ मा बैज्ञानिक खेती गर्न लगानी गर्न भन्दै उनले यसो गरिए प्रदेश २ ले समग्र देशलाई पाल्न सक्ने बताए ।