जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर र वडाध्यक्षहरुलाई लक्षित गर्दै एक समुदायिक विद्यालयका लेखापालले एक बोरा खाद्य दिने औकात नरहेको लेखेका छन् ।
जनमत पार्टीका युवा नेता बीरेन्द्र यादवले लेखेका स्टेटसलाई यदुकूहास्थित रहेको जनता एकाई माविका लेखापाल महेश्वर पण्डितले उनको स्टेटस साँझा गर्दै नगरपालिकाका मेयर र वडाध्यक्षहरुलाई एक बोरा खाद्य दिने औकात नरहेको बताएका छन् ।
आफूलाई गरिब र किसानको नेता भनेर भाषण गर्ने मेयर र वडाध्यक्षहरुले अहिलेसम्म नगरपालिकाको किसानलाई एक बोरा मल खाद्य समेत नदिएको आरोप लेखापाल पण्डितले लगाएका छन् ।
शहिनगर नगरपालिकामा करारका कर्मचारीहरुलाई राजनीतिक तवरले हटाएपछि चुलिएको विवादमै विद्यालयका लेखापालले मेयर दिनेश प्रसाद यादव र वडाध्यक्षहरुमाथि तँज कसेको छ ।
उनले फेसबुकमा साँझा गरेको छन्–“ सहिदनगर नगरपालिका मेयर र वडा अध्यक्ष हरु को एक बोरा खाद्य दिने औकात छैन अनि भासण गर्नु हुन्छ कि गरिब र किसान को नेत”
किसानको दुःख पीडा अझै नबुझेको शहिदनगर नगरपालिकाले किसानको मागप्रति समस्याप्रति चासो लिन विरोध स्वरुप स्टेटस शेयर गरिएको हो ।