2024-04-26

Close

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष केपी शर्मा ओलीले अलग अलग भएर अघि जान प्रस्ताव गरेको खुलासा गरेका छन् ।

आइतवार अपराह्न अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ खुमलटारमा भेला भएका थिए ।

ओलीसँग शनिवार भएको भेटमा ओलीले पार्टी फुटाएर अघि बढ्ने प्रस्ताव गरेको प्रचण्डले नेताहरूलाई ब्रिफिङ गर्ने क्रममा बताएका हुन् ।

‘अब सँगै बस्न सकिन्न, बैठकको पनि काम छैन,’ प्रचण्डको भनाइ उदृत गर्दै खुमलटार छलफलमा सहभागी भएका एक नेताले अप्पन जनकपुरलाई बताए, ‘तपाईंहरू आफ्नो तरिकाले अघि जानुस्, मलाई मेरै तरिकाले अघि बढ्न दिनुस भनेर ओलीले भन्नुभयो ।’

छलफलमा ओलीले अध्यादेश ल्याएर पार्टी विभाजन गर्नसक्ने सम्भावनाका बारेमा पनि कुराकानी भएको थियो ।

आइतवार नै महासचिव विष्णु पौडेलले फेसबूकमा लेख्दै पार्टी एकता जोगाउन नेताहरूलाई आग्रह गरेका थिए ।

गत भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले पार्टीको विवाद समाधान हुने गरी निर्णय गरेपनि प्रधानमन्त्री ओलीले पार्टीसँग सल्लाह नगरी एकलौटी गर्न थालेपछि विवाद झन् गहिरिएको हो ।

शनिवार भएको ओली प्रचण्डबीचको छलफल बिनानिष्कर्ष टुंगिएपछि ओली र प्रचण्ड दुवै पक्षले आ-आफ्नो रणनीति बनाउन छलफल र भेटघाटलाई तीव्रता दिएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds