2024-04-26

Close

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उमेदवार बालेन्द्र शाह उर्फ बालेनको जित सुनिश्चित भएको छ ।

बिहीबार राति सवा ९ बजे‍सम्मको विवरणअनुसार बालेनले ६१,७६७ मत ल्याएर जित सुनिश्चित गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले ३८,३४१ हजार मत ल्याएकी छन् भने दुईपटक मेयर बनिसकेका केशव स्थापितले ३८,११७ हजार मत प्राप्त गरेका छन् ।

एमालेले १२ स्थानमा वडाध्यक्ष जितेको छ भने कांग्रेसले १९ स्थानमा जितेको छ । नेकपा (एकीकृत समाजवादी)ले एउटा वडामा जित निकालेको छ ।

को हुन् बालेन ?
वडा नं ९ निवासी ३२ वर्षे बालेन पेसाले स्ट्रक्चरल इन्जिनियर हुन् । उनको पुर्खोली घर मधेस प्रदेशको महोत्तरी, एकडरा रहेको छ । हिपहप गायकसमेत रहेका बालेनले काठमाडौंको मेयरमा उमेदवारी दिने घोषणा गर्दा धेरैले उनलाई उडाएका थिए ।

अन्तर्वार्ता लिनेहरूले पब्लिसिटी स्टन्ट भनेर पनि सोधे । तर, उमेदवारी घोषणा गरेदेखि नतिजा आउँदासम्म उनले कतै उत्तेजित भाषण दिएनन् । त्यसो त बालेनले शिक्षामा व्यापक सुधार गर्ने, इन्फ्रास्ट्रकचर एम्बुलेन्स, यातायात व्यवस्थापन, नगरप्रहरी बढाउने, सरसफाइ कर्मचारी थप्ने, १० हजार सीसीटीभी जडान गर्ने, सपिङ मललाई पार्किङ लटमा परिणत गर्ने जस्ता आधारभूत र महत्वाकांक्षी बुँदाहरू घोषणापत्रमा राखे ।

यिनै बुँदामा रहेर उनले पटक–पटक काठमाडौंलाई काठमाडौं नै बनाउनुपर्ने सिंगापुर होइन भन्दै भक्तपुर, ललितपुर र तिलोत्तमा नगरपालिकामा सम्भव छ भने यहाँ किन छैन भन्ने वकालत गरिरहे । यसबीच उनलाई एमालेका उमेदवार स्थापितले घरदैलो कार्यक्रममा फुच्चे भनेर हेपेनन् मात्रै मधेसी मूलको साहले ठकुरी शाह भन्दै ढाँटेको जस्ता विभेदपूर्ण लान्छना लगाए ।

एमालेकै उपमेयर उमेदवार सुनीता डंगोलले प्रणाली नै नबुझी मेयरमा उठेको र हारेपछि एम्पिथिएटरमा गीत गाउने अवसर दिने’ भन्दै कटाक्ष गरिन् । तर, उनले सबैको अपेक्षाविपरीत संयमित भएरै उत्तर दिए ।

बरू स्थापितले गर्दा ‘घरदैलो कार्यक्रममा चिनाउन सफल भएकोमा खुसी लागेको’ र ‘मेयरले गाउने र उपमेयरले ताली बजाउने हो’ जस्ता अभिव्यक्तिले सबैलाई मन्त्रमुग्ध बनायो ।

चुनावी अभियानभरि बालेनले लगाउने गरेको चस्माको चर्चा निकै भयो । टेलिभिजनमा अन्तरवार्ता दिँदा होस् वा मतदातासँग मत माग्न घरदैलो गर्दा होस्, उनले चस्मा लगाइरहे । कतिपयले उनको चस्माको तारिफ गरे भने कतिले आलोचना । तर, उनले चस्मा लगाउन छाडेनन् । उनलाई चर्चित बनाउन भूमिका खेलेको चस्माको माग बजारमा उच्च छ । ‘मेटल ग्लास’ भनिने उक्त चस्मा ग्राहकले ‘बालेन चस्मा’ भनेर किन्ने बढे ।

यस्तै, चुनावअघि अनौपचारिक पहिरनमा देखिने बालेनल लगाउने गरेको गाढा निलो कोटले पनि निकै चर्चा बटुल्यो । मत गणना १ र ३२ वडाबाट सुरु हुँदा उनले सुरुदेखि नै अग्रता लिए । सोही अग्रता झिनो मतको अन्तर फराकिलो हुँदै गएपछि सामाजिक सञ्जालमा मन पराउदैमा जित्दैनन् भनिरहेका स्थापितले भित्री बस्तीको मतगणना सुरु भएपछि जित्ने दाबी गरिरहे । तर, भित्री बस्तीमा समेत उनले प्रतिस्पर्धात्मक मत ल्याए ।

स्थापितको २८ वडामा बालेन २४ मतले मात्रै पछि परे भने सिंहको वडामा उनले सिंहले भन्दा दोब्बर मत ल्याए । बालेनले सबैभन्दा बढी मत भने वडा ३२, ३१ र १६ बाट पाए । यही मतले उनलाई यी दुई प्रतिस्पर्धीभन्दा भारी मतले जित दिलायो ।

मेयर बने पनि काठमाडौंमा शासन चलाउन उनलाई सजिलो हुने छैन । कतिले उनले महानगरपालिकाको नगरसभामा बजेट तथा एजेन्डा पास गर्न सक्दैनन्, कामै गर्न सक्दैनन् भनिरहँदा जितेका वडाध्यक्षहरूले भने स्थानीय सरकारको ऐनअनुसार काम गरे सहयोग गर्ने बताइसकेका छन् ।

बालेन साँच्चैको परिवर्तनरूपी हुरी हुन्, जो राजनीतिक दललाई पाठ सिकाउन आएका वा दलहरूको मतिभ्रष्ट भएपछि भाग्यले चिठ्ठा पारेको त्यो हेर्न बाँकी नै छ । उनी बालेन्द्र ‘बाहुबली’ हुनेछन् या भिलेन भल्लालदेव त्यो समयले नै बताउने छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds