वीरगन्ज १२बैशाख।सशस्त्र प्रहरी बल नेपाल पर्साले औषधी सहित मानिस, अटो र मोटरसाइकल बरामद गरेको छ।सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगन्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको कमान्डमा वीरगञ्ज म.न.पा., वडा नं. – २४, रामगढवा स्थित वीरगञ्ज पाठशाला अगाडिको सडकमा खटिगएको सशस्त्र प्रहरीको टोलीले भारतबाट नेपाल तर्फ अवैधरुपले भन्सार छलि गरि भित्राई ना२ स१०१७अटोमा लोड गरि वीरगन्ज तर्फ ल्याउदै गरेको औषधी पक्राउ गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक एवम प्रबक्ता देबेन्द्र सिंहले बताउनुभयो ।सशस्त्र प्रहरीले १० वटा कार्टूनहरुमा प्याक गरिएका Lycopene with Multivitamin & Multiminerals Capsule NUTRI-CURE Capsule – ४८० डब्बा (४,८०० पत्ता) करिब ९ लाख ६० हजार रुपैया र अटो २ थान मोटरसाइकल छ लाख रुपैया गरि १५लाख६० हजार बराबरको पक्राउ गरेको छ।उक्त सामान सहित वीरगञ्ज म.न.पा., वडा नं. -२५, सिर्सिया गाउँका ३६ वर्षीय अमृत साह लाई पक्राउ गरि आवशयक कार्यबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी प्रबक्ता सिंहले बताए।