2024-04-19

Close

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरमा चिकित्सकको चरम लापरवाहीको एक घटना सार्वजनिक भएको छ । एक गर्भवती महिलाको चेकजाँच बिनैपित्तथैलीको शल्यक्रिया (अप्रेसन) गरिएको हो ।

यस्तो अवस्थामा चार महिना अघिकै अल्ट्रासाउण्डको आधारमा पित्त थैलीको शल्यक्रिया गर्दा बिरामीको ज्यान जोखिममा परेको हो ।

महोत्तरीको जलेश्वर नगरपालिका २ स्थायी घर भई हालः जनकपुरधाम उपमहानगरपालिकामा कोठा भाडा लिई बस्दै आएकी विभा चौधरीको शल्यक्रिया अस्पतालका चिकित्कले गरेका हुन् ।

२०७८ फाल्गुन २८ गते चिकित्सकको सल्लाह बिनै बिरामीले जनकपुरधाम स्थित लक्की अल्ट्रासाउण्डमा गराएको रिपोर्टको आधारमा नै चिकित्सकले शल्यक्रिया गरेको गम्भीर लापरबाही भेट्टाएको हो । डा.अमरेश कर्णले भर्ना गरेका विभालाई डा. राजेश साह र आश्विनी यादवले शल्यक्रिया गरेका हुन् ।

विभाका श्रीमान राजेश चौधरीका अनुसार जेठ अन्तिम साता ओपिडको सर्जन चिकित्सक डा. अमरेश कर्णलाई देखाउँदा रगत, छातिको एक्सरे, पिसाब जाँच इत्यादि गराउन लगाए । असार १२ गते भर्ना भएकी विभाको १३ गते पित्तथैलीको शल्यक्रिया गरिएको थियो ।

शल्यक्रिया गर्न डा.राजेश साह, डा. अमरेश कर्ण र डा.आश्विनी यादवबीच सहमति भएको थियो ।

डा. राजेश साहले फिजिकल इक्जामिनेशन लिएर चेकजाँच बिनै सबै ठीक छ भन्दै १३ गते विभावको शल्यक्रिया गरिएको थियो ।

शल्यक्रिया पछि विभाको स्वास्थ्य अवस्था नाजुक हुँदै जादा पिसाब, रगत , भिडियो एक्सरे जस्ता चेकजाँच गर्दा गर्भमा चार महिने शिशु हुर्कदै गरेको पाइएको श्रीमान चौधरीले बताए ।

चिकित्सकको चरम लापरवाहीले शल्यक्रिया पश्चात विभाको अवस्था चिन्ताजनक भएपछि गत जेठ १६ गते उनलाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाण्डौं लगिएको थियो । उनी हाल मेडिसिटी अस्पतालमा उपचाररत्त छन् । उनको स्वास्थ्य अवस्थामा केहि सुधार आएको श्रीमान् चौधरीले बताए ।

शल्यक्रियामा संलग्न चिकित्सक मध्ये डा. राजेश साह, आश्विनी यादव र शल्यक्रियाका लागि भर्ना गराएका डा.अमरेश कर्णले मध्ये तीनै जनाले आफ्नो शल्यक्रियामा आफ्नो कुनै संलग्नता नरहेको दावी गरेका छन् । उनीहरु एक चिकित्सकले अर्कोलाई दोषि देखाएर उम्किन खोजिरहेका छन्।

परिवारजनका अनुसार शल्यक्रियामा प्रत्यक्ष संलग्न रहेका चिकित्सक डा. राजेश साहले आफूले शल्यक्रिया नगरेको अवस्था विग्रदा आफुले मानवताको हिसाबले मात्र हेरविचार र सल्लाह दिएको दाबी गरे।

अर्को चिकित्सक डा. आश्विनी यादवले शल्यक्रियामा आफूले क्यामरा म्यान (फोटोग्राफरको भुमिका मात्र निर्वाह गरेको दाबी गरे ।

यता बिरामी भर्ना गरेका डा. अमरेश कर्णले भिडियो एक्सरे मान्यता प्राप्त चिकित्सकले गरेको आधारमा आफुहरुले भर्ना सहित शल्यक्रियाको प्रक्रिया अगाडी बढाएको बताए।

पीडित परिवारले उपचारमा चरम लापरवाही गर्ने चिकित्सकहरुमाथि कडा कारबाही र क्षतिपूर्तिको माग गरेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds