

जनकपुरधाम । जनकपुरधामको थापा चौकदेखि मधेश प्रदेश प्रहरी कार्यालयतर्फ जाँदै गरेको एक कारलाई रेलगाडीले किचेको छ ।
आइतबार बिहान करिब ८:४५ बजे कुर्थाबाट जनकपुरधाम आउँदै गरेको शाकुरबस्ती १७८३१५ नम्बरको रेलगाडीले बागमती प्रदेश ०१–०२५च १२९० नम्बरको टाटा कारलाई ठक्कर दिएको हो ।



जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी बरुण बहादुर सिंहका अनुसार कारमा सवार तीनै जना सकुशल छन् ।

कार थापा चौकनजिकै रेलको पटरीमा अड्किँदा कुर्थातर्फबाट आएको रेलगाडीको अगाडिको भागले झन्डै २०–२५ मिटरसम्म घिसार्दै लगेको थियो । सो क्रममा चालक बस्ने ढोका रेलले च्यापे पनि चालक जोगिएका छन् ।
रेल रोकेर थोरै ब्याक गरेपछि चालकले ढोका खोलेर टाउको समात्दै अस्पतालतर्फ दौडे, एक प्रत्यक्षदर्शीले भने ।
प्रहरीका अनुसार कार हिरा अस्पतालका एक चिकित्सक चढ्ने भएको र दुर्घटनाका बेला भित्र तीन जना सवार थिए । कारमा भने व्यापक क्षति पुगेको छ ।