2024-04-26

Close

काठमाडौं । नेपाल प्रहरीका ३७ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) सोमबार प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

३७ जना डीएसपीमा बढुवा हुँदा प्रहरी इतिहासमै अनौठो संयोग जुर्यो । कास्कीको माछापुच्छ्रे गाउँपालिकाका बाबुछोरा एकै दिन, एउटै पदमा बढुवा सिफारिस भए ।

सिफारिस भएकामध्ये ३४ जना जनपदतर्फ र ३ जना प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उप समूह, आवास तथा भौतिक इन्जिनियरिङतर्फका हुन् ।

बढुवा सिफारिस सूचीको ३१ औँ नम्बरमा राजेन्द्र अधिकारी छन्। हाल उनी जिल्ला प्रहरी कार्यालय पर्वतमा कार्यरत छन्। यता प्राविधिक समूहतर्फ पहिलो नम्बरमा ध्रुव अधिकारी सिफारिस भए। राजेन्द्र र ध्रुव बाबुछोरा हुन्। ध्रुव राजेन्द्रका कान्छा छोरा हुन्।

बुबासँग एकै दिन डीएसपीमा बढुवा सिफारिस भएका ध्रुव राजेन्द्रभन्दा २४ वर्षपछि प्रहरीमा भर्ना भएका हुन्। राजेन्द्र २०५१ सालमा प्रहरी सहायक निरीक्षकमा भर्ना भएका थिए। ध्रुव २०७५ मा प्रहरी निरीक्षकमा भर्ना भए। २४ वर्षको अन्तरमा प्रहरी सेवामा प्रवेश गरेका बाबुछोरा एकसाथ डीएसपी हुने संयोग मिल्यो।

असईमा भर्ना भएका राजेन्द्र २०५७ सालमा प्रहरी नायब निरीक्षक (सई) मा बढुवा भए। छोरो भर्ना भएको पदमा पुग्नै उनलाई अर्को १० वर्ष लाग्यो।

२०६७ सालमा राजेन्द्र इन्सपेक्टर भएका हुन्। प्रहरी सेवामा प्रवेश गरेको १६ वर्षपछि राजेन्द्र इन्सपेक्टर भए। राजेन्द्र इन्सपेक्टर हुँदा पनि ध्रुव प्रहरीमा प्रवेश गरेकै थिएनन्। त्यसको ८ वर्षपछि मात्रै उनी प्रहरी सेवामा प्रवेश गरे।

तर प्रहरीका प्राविधिक समूहमा छिटो बढुवा हुन्छ। जनपदमा जस्तो १० वर्षसम्म पनि एउटै दर्जामा रहनु पर्ने बाध्यता छैन। त्यही भएर ध्रुव छिटो बढुवा भए। सेवामा प्रवेश गरेको ४ वर्षमै बढुवा हुँदा बाबुछोरा एउटै दर्जामा एकै दिन पुगेका हुन्।

राजेन्द्रका दुई छोरा छन्। दुवै छोराले इन्जिनियरिङ पढे। जेठो छोरा सुशील कलेज पढाउँछन्।

‘उसले राम्रो पढ्यो, स्नातकोत्तर पनि टप भयो। आयोगबाट एक नम्बरमा नाम निकाल्यो। पहिले त उसको प्रहरी हुने सोच थिएन। एक दुई ठाउँमा आयोगमा भिड्यो। त्यता नभइसकेपछि यता दियो सफल भयो,’ छोराको सफलताबारे राजेन्द्र भन्छन्, ‘मान्छेलाई भाग्यले जता साथ दियो, त्यतै जाने रहेछ।’

छोरालाई प्रहरी नै हुनुपर्छ भनेर राजेन्द्रले भनेका होइन। तर राजेन्द्र प्रहरी भइसकेपछि घरपरिवारमा प्रहरीकै कुरा हुन थाले। ध्रुवले पनि यतैको लय समाते।

राजेन्द्रको सेवा अवधि २ वर्ष बाँकी छ। ३० वर्षे सेवाअवधिका कारण उनी २०८१ मा अनिवार्य अवकाशमा जानेछन्। तर ध्रुवको भने अझै २६ वर्ष सेवा अवधि बाँकी नै छ।

राजेन्द्र डीएसपीबाटै अवकाश हुने सम्भावना बढी छ। तर ध्रुव भने अझ माथिल्लो पदमा पुग्ने सम्भावना छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds