जनकपुरधाम । मधेश प्रदेश प्रहरीभित्र पछिल्लो समय विकसित घटनाक्रमले सङ्गठनभित्र गहिरो सङ्कट र शक्ति सङ्घर्षको सङ्केत दिएको छ । आर्थिक लेनदेन, तस्करी ‘सेटिङ’, घुमुवा प्रहरीको भूमिका र कमान्ड कन्ट्रोलसम्बन्धी विवाद एकै पटक सतहमा आएपछि सङ्गठनभित्रको आन्तरिक द्वन्द्व उत्कर्षमा पुगेको छ । विवादमा बिना कारण मुछिएका जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत वरिष्ठ सई सागर शमशेर राणाविरुद्ध […]