2024-04-16

Close

आफ्नो नाममा रहेको सिममात्र प्रयोग गर्न अनुरोध

 

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल फोन सेवाग्राहीलाई आफ्नो नामको सिम मात्र प्रयोग गर्न अनुरोध गरेको छ । प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गर्दै आफ्नो नामको मात्र मोबाइल सिम प्रयोगका लागि आग्रह गरेको हो ।

 

नेपाल सरकारले विद्युतीय प्रविधिमार्फत सरकारी सेवा प्रदान गर्ने उद्देश्यले ल्याउन लागेको नागरिक एप तयार भइसकेको छ । सो एपलाई प्रयोगकर्ताको मोबाइल नम्बरसँग जोड्न लागिएकाले मोबाइल सेवाग्राहीलाई आफ्नो नाममा मात्र रहेको सिम प्रयोग गर्न अनुरोध गरिएको हो ।

 

‘सरकारले ल्याउन लागेको नागरिक एपमा सेवाग्राहीको पहिचानका लागि मोबाइल नम्बर प्रयोग हुनेछ,’ प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘अर्काको नामको सिमबाट आपराधिक क्रियाकलापका साथै गलत र अवैध प्रयोगको जोखिम हुन सक्छ ।’ अन्य कसैको नामको सिम प्रयोग गरिरहेको भए पनि सो सिमलाई आफ्नो नाममा दर्ता गर्न सकिने प्राधिकरणले बताएको छ । सो एपमार्फत सरकारले आफ्ना विभिन्न सुविधा सीधै सेवाग्राहीलाई उपलब्ध गराउने र सहजता प्रदान गर्ने उद्देश्य लिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds