2024-03-28

Close

मारवाडी महिलालाई मुख्यमन्त्री राउतको आग्रह
‘समाजिक रुपान्तरणको नेतृत्व लिनुस’


जनकपुरधाम, भदौ २० । मुख्यमन्त्री लालबाबु राउतले समाजिक रुपान्तरणको नेतृत्व लिन मारवाडी महिलाहरुलाई आग्रह गर्नु भएको छ ।

नेपाल राष्ट्रिय मारवाडी महिला संगठनको पाँचौ राष्ट्रिय महाधिवेशनको जनकपुरमा उद्घाटन गर्नु हुँदै मुख्यमन्त्री राउतले मुलुकको आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान दिदै आएको मारवाडी समुदायको महिलाहरुलाई अव समाजिक रुपान्तरणको नेतृत्व लिनु पर्ने बताउनु भयो ।
उहाँले मारवाडी महिला संगठन आर्थिक हिसावले समृद्ध रहेको हुँदा समाजिक रुपमा पछि परेका अन्य समुदायका महिला, दलित, मुस्लिम सहितको उन्नतिको लागि भूमिका खेल्नु पर्ने आवश्यकता औल्याउनु भयो ।

समाजिक रुपान्तरण विना प्रदेश तथा देशको समृद्धि सम्भव नरहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले भन्नु भयो ,‘प्रदेश सरकारले समाजिक रुपान्तरणको लागि बेटी पढाउ, बेटी बचाउ, स्वच्छता अभियान, जस्ता कार्यक्रमहरु लाई अघि बढाएको छ । प्रदेश सरकारको यस अभियानमा तपाईहरु पनि सहकार्य गर्नुस ।’


महिला संगठनका अध्यक्ष रचना राठीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य राम अशिष यादव, परमेश्वर साह, जनकपुरधाम उपमहानगरका प्रमुख लालकिशोर साह, राष्ट्रिय मारवाडी परिषदका अध्यक्ष पवन मित्तल सहितका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।
नयाँ नेतृत्वको चयन गर्दै उक्त सम्मेलन भोली सम्पन्न हुने छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds