2024-04-30

Close

जनकपुरधाम । जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजिनामा माग गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइकल खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि जनमत पार्टीका नेता बीपी साहले मुख्यमन्त्री राउतको राजिनामा माग गरेका हुन् ।

‘हामीले सुरुदेखि नै भन्दै आएका छौं बेटी पढाउ, बेटी बचाउ कार्यक्रममा ब्यापक भ्रष्टाचार भएको छ। हाम्रो पार्टीको दबाबले छानविन प्रक्रिया सुरु भयो ।’ नेता साहले भने, ‘अख्तियारले छानविन गर्दा नै मुख्यमन्त्री राउतले राजिनामा दिनु पर्ने थियो। त्यतीबेला दिएनन्। तर, अब विशेष अदालतमा मुद्दा नै दायर भएपछि नैतिकताको आधारमा मुख्यमन्त्रीले राजिनामा दिनु पर्छ।’
कर्मचारीलाई मात्र दोष दिएर मुख्यमन्त्री राउत जोगिन खोजेको आरोप लगाउँदै नेता साहले भने,‘मुख्यमन्त्री कै नाम जोडिएको कार्यक्रम, मुख्यमन्त्रीकै कार्यालयबाट सञ्चालित कार्यक्रम, मुख्यमन्त्रीकै निर्देशनमा सबै निर्णय हुने कार्यक्रममा मात्र कर्मचारी दोषी छन् भनेर तर्क गर्नु गलत हो। मुख्यमन्त्रीको संलग्नता बिना यत्रो ठूलो भ्रष्टाचार हुनै सक्दैन।’

‘आफ्नै हातबाट साइकल वितरण गर्ने, फोटो खिचाउने तर कुन ब्राण्डको साइकल वितरण भइरहेको छ भनेर मुख्यमन्त्रीले थाहा नपाउने कुरै भएन ।’ नेता साहले भने,‘मुख्यमन्त्री हुनुभन्दा पहिले लालबाबु राउत बीरगंज महानगरपालिकाको कर्मचारी हुँदा पनि भ्रष्टाचारमा मुछिएका थिए । त्यतीबेला नै राउत जीले भ्रष्टाचार कसरी गर्ने र कसरी जोगिने भनेर तालिम लिनु भएको होला । त्यसकारण साइकल खरिदमा कागजी रुपमा आफू नदेखिने गरी भ्रष्टाचार गर्नु भएको छ।’

राजनीतिक दबाब र प्रभावका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री राउतलाई जोगाउन खोजेको आरोप पनि नेता साहले लगाए । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ठूलो माछामाथि हात हाल्न डराउछ भन्ने कुरा नेपाली जनतालाई थाहा छ । त्यही भएर अख्तियारले पनि कर्मचारीमाथि मात्र मुद्दा दायर गरेको छ ।’ नेता साहले भने,‘राजनीतिक प्रभाव मुक्त अनुसन्धान हुने हो भने मुख्यमन्त्री लालबाबु राउत सरासर भ्रष्ट देखिनु हुन्छ ।’

अब अख्तियारले मुद्दा दायर गरी सकेपछि राजिनामा दिनु बाहेक मुख्यमन्त्री राउतसँग विकल्प नभएको नेता साहको भनाई छ । मुख्यमन्त्री राउतले यत्रो ठूलो रकमको भ्रष्टाचार गरेर मधेश प्रदेशका जनताको बदनामी गराउनुका साथै संघीयता विरोधी गतिविधि गरेको आरोप उनले लगाए ।

‘मुख्यमन्त्री राउतले यत्रो ठूलो भ्रष्टाचार गरेर संघीयतालाई नै बदनाम गराएका छन् । उनको यो भ्रष्टाचारले संघीयता विरोधीलाई बल मिलेको छ । संघीयता जोगाउन भएपनि मुख्यमन्त्री राउतले राजिनामा दिनै पर्छ।’ नेता साहले भने,‘मधेश प्रदेशका जनतालाई समेत मुख्यमन्त्रीले बदनाम गराउनु भएको छ ।’

मधेश प्रदेश सरकारले सञ्चालन गरेको बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै तत्कालिन प्रदेश सचिवसहित ८ जनाविरुद्ध बुधबार अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds