जनकपुरधाम । जनकपुर जेसीजको चुनाव भोली शुक्रवार हुंदैछ । वर्ष २०२४ को अध्यक्ष बन्न तीन उम्मेदवार मैदानमा छन् । जसमध्ये आशुतोष साह बलिया उम्मेदवार हुन्। गत वर्ष उनी अध्यक्षमा मात्र ४ मतले पछी परे । तर उनले गरेको कामले यो वर्ष धेरैको मन जित्न सफल बने । त्यसैले पनि उनी यसवर्ष भारी मतले विजयी हुने देखिएको छ ।
जेसीज यूवालाई नेतृत्व गर्न अभ्यस्त बनाउँने काम गर्छ । जेसीजको मुल ध्येय हो- शासन व्यक्तिको होइन्, विधीको हुनुपर्छ । यसका लागि जेसी आशुतोष सक्षम छन् । उनी नेतृत्वमा पुगेपछि संस्था र यसका सदस्यहरुलाई सही ढंगले डोर्याोउने छन् ।
जेसी आशुतोष विगत, वर्तमान र भविष्यको वस्तुनिष्ठ अध्ययन गरेर जनकपुर जेसीजको नेतृत्व गर्न खोजेका छन् । त्यसैले उनलाई विश्वास गरेर नेतृत्वमा पुर्याउन जरुरी छ । कसैको विश्वासमाथि कुठाराघात हुन नदिने उनको वाचा छ ।